उज्जवल समाज कल्याण समिति दुर्गा मेलामा निःशुल्क स्वास्थ्य शिविर
नव गठित उज्जवल समाज कल्याण समितिले गाउँमा भैरहेको र हुन गइरहेको विभिन्न सामाजिक समस्याहरुमा सामाजिक भेदभाव, सामाजिक कुप्रथा , सामाजिक विकृती र विसंगती, अशिक्षा तथा बेरोजगारी मा सुधार गर्दै विभिन्न कार्यक्रमद्वारा सचेत नागरिक शिक्षित समाज निर्माण तथा समाज उत्थानमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उदेश्यले सँस्था सँचालन गरिएको अध्यक्ष शर्माको दाबी छ ।

२०७८ असोज ३१ आइतबार, बिहान ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । हिन्दु धर्मावलम्बीहरुको अराध्य देवी दुर्गा पूजाको अवसरमा आयोजित दुर्गा पूजा मेलामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
प्रदेश नम्बर २ को सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर ४ थल्हा कटहास्थित आयोजित दुर्गा पूजाको अवसरमा आएका श्रद्धालुहरुको स्वास्थ्यलाई केन्द्रीत गर्दै स्थानीय उज्वल समाज कल्याण समितिले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
बैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा छरिएर रहेका थल्हा कटहाको युवाहरुद्वारा संचालित उज्जवल समाज कल्याण समितिद्वारा दुर्गा मेलाको महोत्सवमा विशेष कार्यक्रमको साथ एक दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवको प्रमुख अतिथ्य तथा प्रदेश सभा सदस्य सुरेश मंडल र गाउँपालिका प्रमुख तथा वडा नम्बर ४ को वडा अध्यक्षको आतिथ्यमा विशेष समारोह गरि संस्थाको उदघाटन समेत गरिएको हो ।
यसका साथै, वरिष्ठ डाक्टर सत्यनारायण यादव र वरिष्ठा डाक्टर पारसमणि साहको सहयोगमा सहभागी असिस्टेन्ट डाक्टरहरु द्वारा विभिन्न चेकजांचको साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो समितिका अध्यक्ष जगदिश शर्माले जानकारी दिए ।
शर्माका अनुसार, दुर्गा मेला महोत्सवमा आएका श्रदालु भक्तजन सहित स्थानिय वासी सेवाग्राहीलाई समेत औषधि उपचार गरि शिविर सम्पन्न भएको थियो।
नव गठित उज्जवल समाज कल्याण समितिले गाउँमा भैरहेको र हुन गइरहेको विभिन्न सामाजिक समस्याहरुमा सामाजिक भेदभाव, सामाजिक कुप्रथा , सामाजिक विकृती र विसंगती, अशिक्षा तथा बेरोजगारी मा सुधार गर्दै विभिन्न कार्यक्रमद्वारा सचेत नागरिक शिक्षित समाज निर्माण तथा समाज उत्थानमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उदेश्यले सँस्था सँचालन गरिएको अध्यक्ष शर्माको दाबी छ ।
स्वास्थ्य शिविर कार्यक्रममा समितिका अन्य पदाधिकारी, स्थानीय युवा, समाजसेवीहरुले समेतले भौतिक रुपमा सहयोग गरेको थियो । पदाधिकारी तथा सदस्यहरुले सक्रिय रुपमा सहयोग जनाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…