जनकपुरको गिरिजा 3D सिनेमाले IPL-2021 को फाईनल म्याच देखाउने, फोनबाटै टिकट बुकिँग 

२०७८ असोज २६ मंगलबार
रति ९:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित रहेको चर्चित गिरिजा चलचित्र मन्दिर (गिरिजा सिनेमा हल) ले ईण्डियन प्रिमियर लीग- IPL-2021 (आईपिएल) को लाईभ देखाउने भएको छ । 

क्रिकेटका अनुयायीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै गिरिजा सिनेमा हलले यसपालीको आईपिएलको फाईनल गेम ठुलो पर्दाबाट देखाउने भएको छ । 

आगामी असोज २९ गते शुक्रबार (१५ अक्टोबर) का दिन हुने आईपिएलको फाईनल गेम ठुलो पर्दामा देखाउने भएको छ । यसको लागि जनकपुर र आसपासका क्षेत्रमा रहेका क्रिकेटका फ्यानहरुले ठुलो पर्दामा रोज्ने विश्वास लिएका छन् । 

जनकपुरको सिनेमा हलहरुमध्ये उत्तम पिक्चर क्वालीटि दाबी गरेको गिरिजा सिनेमा हलले मोबाईलबाटै पनि टिकट बुकिँग  गर्न सकिने जनाएको छ । 


 


क्रिकेटका फ्यानहरुले आफ्नो टिम र आफ्नो मन परेको खेलाडीलाई सपोर्ट तथा उत्साहलाई झन बढाउनको लागि गिरिजा सिनेमा हलले ठुलो पर्दाको अवसर दिएको गिरिजा सिनेमा हल सँचालकले जनाएका छन् । 

कोरोनाको महामारीपछि खोलिएको गिरिजा सिनेमा हल दर्शकहरुको लागि पुनः चिटिक्क बनाइएको छ । आईपिएलको फाईनल गेम र सपोर्टरहरुको उत्साहलाई कम हुन नदिनको लागि डोल्बी डिजिटल साउण्ड सहित ठुलो पर्दामा म्याच देखाउने भएको छ । 

मोबाईल वा टिभीमै म्याच देखेर चित्त बुझाउनुभन्दा लाईभ स्टेडियममै बसेर देख्नुझैँ  3D Screen मा म्याचको मज्जा लिन सकिने जनाइएको छ । टिकट बुकिँगको लागि 9801670700 नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ । 

म्याच बेलुकी ८ः०० बजेदेखि सुरु हुने जनाउँदै टिकटको लागि आफ्नो सिट सुरक्षित गर्न अपिल समेत सिनेमाले गरेको हो । १० वटा टिकट किन्दा १ टिकट बिल्कुल फ्रि मा दिने सिनेमाले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७८ असोज २६ मंगलबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus