सुनसरी अपडेटः घरमा आगो र पूजा घरमा तोडफोडको विरोधमा साधुहरुले गरे सडकजाम
जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जय सिंह थापाले समेत हकिमले आत्महत्या गरेको बताएका छन्। तर मृतकका आफन्तहरुले सुनियोजित हत्या भएको भन्दै छानविन र दोषीमाथि कारवाहीको माग गरिरहेका छन् ।

२०७८ असोज २६ मंगलबार, बेलुकी ६:२२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सुनसरी । प्रहरी हिरासतभित्रै थुनुवाको मृत्यु भएको विषयलाई लिएर एक जनाको घरमा आगो लगाईदिएपछि साधुहरुले त्यसको विरोध गरेका छन् ।
प्रेम सम्बन्धको विषयलाई लिएर प्रहरीले पक्राउ गरेका भोक्राहा वडा नम्बर ५ का हकिम साह आइतबार बिहान मृत फेला परेका थिए । सोही बिषयमा आक्रोसित उनका आफन्तजनहरुले प्रेम सम्बन्ध भनिएकी युवतिको घरमा आगो लगाएको थियो ।
प्रहरी हिरासतमा हकिमले आत्महत्या गरेको प्रहरीको बयानपछि उनका परिवारजनसहित उनका आफन्तजनहरुले प्रेम सम्बन्ध भनिएको युवति (केटी पक्ष) को घरमा आगो लगाईदिएपछि साधुसन्तमहरुले मँगलबार लौकही बजारस्थित चक्काजाम गरेको हो।
स्थानीय विष्णु कुमार शर्माकी छोरीलाई हकिमले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएको थियो । सोही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
भोक्राहा नरसिंह गाउँपालिका– ५, टपरा घर भएका हकिमले छिमेकी नगरपालिका इनरुवा ९ की एक किसोरीलाई फगाएर लगेकोहकिमलाई असोज १२ गते पक्राउ परेको थियो ।
हकिमका परिवारजन आफन्तजन तथा गाउँ गाउँबाट बोलाएको मान्छेहरुले शर्माको घरमा तोडफोड सहित आगो लगाएको भन्दै साधुसन्तहरुले विरोध जनाएका छन् । शर्माको पूजा घरमा समेत तोडफोड गरी आगो लगाएको भन्दै धर्मप्रति प्रहार गरेको बयान साधुहरुले दिएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…