सिरहाको यी पाँच स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन हुने

२०७८ असोज २५ सोमबार
बिहान १०:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको पाँच वटा स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिने भएको छ । 

पूर्वपश्चिम हुलाकी राजमार्गसँग जोडिएको सिरहा नगरपालिकासहित भगवानपुर, नवराजपुर, बरियारपट्टी र औरही गाउँपालिका तथा सिरहा नगरपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गर्न लागिएको हो । 

आयोजनाअन्तर्गत बीउ, फलफूल, तरकारी, मसला, कुखुरा, दूध, मासु, माछा, चिया, कफी, मह, जडीबुटी र वन पैदावार उत्पादनका क्षेत्रमा संलग्न उत्पादकको प्रोत्साहन तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने आर्थिक करिडोर प्राविधिक तथा समन्वय समितिका सदस्य सचिव डा चन्द्रप्रसाद रिसालले जानकारी दिए ।

हुलाकी सडक आसपासका स्थानीयवासिन्दाको जीवनस्तर उकास्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको सदस्य सचिव रिमालले बताए । 

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनका लागि नेपाल सरकार र विश्व बैंकबीच २०७७ पुस ६ गते सम्झौता गरिएको र सोही कार्यक्रमअन्तर्गत प्रदेश २ को ८ वटै जिल्लामा २०२५ सम्म कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए । 

प्रदेश २ का ८४ स्थानीय तहमा पूर्वमा सप्तरी र पश्चिममा पर्साका गरी आठ वटा जिल्लामा हुलाकी राजमार्गसँग जोडिएको पालिकामा सो कार्यक्रम सञ्चालन हुने जनाइएको छ । 

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको पहिलो भागअन्तर्गत बजार आबद्धतालाई सहयोग गर्ने, दोस्रोमा विद्यमान सङ्घीय प्रणालीमा कृषि उद्यम पर्यावरणलाई बढावा दिने, तेस्रोमा कोभिड–१९ ले अवरुद्ध भएको खाद्य आपूर्ति श्रृङ्खला तथा स्थानीय अर्थतन्त्रलाई पुनःरुत्थान तथा सुदृढीकरण गर्ने गतिविधि सञ्चालन गरिनेछ । 

यस्तै चौथोमा परियोजनाको कार्यान्वयन, खरिद तथा आर्थिक व्यवस्थापन, सामाजिक तथा वातावरणीय जोखिम व्यवस्थापन, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन तयारी एवं तालिम क्रियाकलाप सञ्चालन गरिने जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जानकी मन्दिर, विवाहमण्डप, स्वर्गद्धारी लगायतका धार्मिक स्थलभित्र मोबाईल, क्यामेरा बैन गर 

  • २०७८ असोज २५ सोमबार

जनकपुरधाम त्यतिकै भनिदैनन् । विश्वमै परिचित धार्मिक स्थलहरुमध्ये जनकपुर पनि एक हो । यहाँको धार्मिक स्थलहरुको विशेषताले पनि जनकपुरलाई जनकपुरधाम भनिएको हो ।  जनकपुरधामको पहिचान यहाँका धार्मिक स्थलहरु हुन् , जो

पूरा पढ्नुहोस्

Bureau Menus