दिउँसो अध्यक्ष पदबाट राजीनामा दिएका यादव साँझ फेरी जसपा मधेश प्रदेशको अध्यक्षमै चुनिए 

प्रदेश समिति समायोजनको क्रममा भएको खुल्ला सत्रमा अध्यक्ष यादव र मुख्य सचिव झाले राजिनामा घोषणा गरेका थिए ।

२०७८ असोज २५ सोमबार
बिहान ०९:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनता समाजवादी पार्टी जसपा को मधेश प्रदेश समिति (प्रदेश २ कमिटी) को समायोजनमा पूनःविजय कुमार यादव अध्यक्ष बनेका छन् ।

अध्यक्ष यादव दोहरिए पनि अन्य पदाधिकारीहरु भने हाल राखिएको छैन् । १ सय ५१ सदस्यीय समितिमा अध्यक्ष बाहेक १ सय ५० जना नै सदस्य रहेका छन् । 

पार्टीको विधानमा १ सय ५१ सदस्यीय प्रदेश समितिको प्रावधान रहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक गरेको समायोजनमा पूर्व राजपाका ५० जनालाई राखिएको छ । 

पदाधिकारीहरुको चयन सहमति अनुसार गरिने बताइएको छ । अध्यक्ष यादवका अनुसार कात्तिक १५ गते हुने पदाधिकारी चयनको क्रममा अन्य विषयहरु प्रष्ट हुनेछ । समायोजनप्रति असन्तुष्टि जनाउँदै निवर्तमान मुख्य सचिव शम्भु झाले जसपाको सबै पदबाट राजिनामा गरिएको घोषणा गरे पनि उनको नाम समितिमा रहेको छ । 

प्रदेश समिति समायोजनको क्रममा भएको खुल्ला सत्रमा अध्यक्ष यादव र मुख्य सचिव झाले राजिनामा घोषणा गरेका थिए । विहान ११ बजेदेखि सुरु भएको बैठक अध्यक्ष र मुख्य सचिवको राजिनामा पछि स्थगित भएको थियो ।

 राति ७ बजे सार्वजनिक भएको समितिप्रति केहि सदस्यहरुले असन्तुष्टि जनाए । यादवलाई अध्यक्षमा दोह¥याएपछि उनलाई हटाउन सकृय रहेका मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरु असन्तुष्ट देखिएका छन् ।

 राउतका स्वकीय सचिव जितेन्द्र यादव कर्मचारी भन्दा धेरै बढि गुट बनाउन सकृय भएपछि सहभागीहरुले आपत्ति जनाएका थिए । मुख्यमन्त्री राउतले स्वकीय सचिव यादवमार्फत प्रदेश अध्यक्ष यादवलाई हटाउन ढल्केवरको भोजमा झण्डै साढे ९ लाख खर्च गरेका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नेपालमा निरन्तर बढदै कोरोना, बिहीबार ३ हजार ९३८ मा सङ्क्रमण

  • २०७८ असोज २५ सोमबार

न्यूज ब्यूरो, २१ साउन । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १८ हजार ४०८ जनामा परीक्षण

पूरा पढ्नुहोस्

Bureau Menus