न्यूज ब्यूरो, जनकपुरधाम । दश बर्षे जनयुद्दका कुशल कमाण्डर मानिएको धनुषाका श्रवण कुमार बरबरिया (यादव) नेकपा माओवादी केन्द्रका प्रदेश सचिवमा चयन भएका छन् ।
श्रमजीवी र सर्वहारा वर्गका नेता मानिने बरबरियालाई आईतबार प्रदेश नम्बर २ को प्रदेश कमिटिको सचिवमा चयन भएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका नेता बरबरियालाई प्रदेश समितिको जिम्मेवारी दिइएको हो ।
पार्टीका धनुषा जिल्ला ईन्चार्ज समेत रहेका नेता बरबरिया माओवादी जनयुद्धकालमा कमाण्डरको कुशल भूमिका निर्वाह गरेको बताइएको छ । प्रचण्डसँग अति नजिक रहेका बरबरियालाई प्रदेश कमिटिको सचिवमा चयन गर्दा उनका शुभचिन्तकहरुले फोन, समाजिक सँजाल, एसएमएस मार्फत बधाई दिएका छन् ।
किसानको लागि बलिदानी दिएका शहिद सूर्यनाथ रान यादवसँगै राजनीतिक यात्रा सुरु गरेका योग कुमार बरबरियाको पूर्वी धनुषामा व्यक्तिगत पक्कड बलियो मानिन्छ ।
सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त
- २०७८ असोज २४ आइतबार
न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् । सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन
पूरा पढ्नुहोस्