प्रहरी हिरासतमा थुनुवाको मृत्यू, अवस्था तनावग्रस्त
हिरासतमा थुनुवाको मृत्युु पछि बिहानैबाट प्रहरी कार्यालयमा प्रदर्शन शुरु भएको हो ।

२०७८ असोज २४ आइतबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । हिरासतमा थुनुवाको मृत्युु पछि जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त बनेको छ ।
हिरासतमा थुनुवाको मृत्युु पछि बिहानैबाट प्रहरी कार्यालयमा प्रदर्शन शुरु भएको हो ।
अवस्था तनावग्रस्त बनेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
इनरुवास्थित कार्यालयमा मृत भेटिने ती व्यक्ति मुस्लिम समुदायको भएको खुलेपनि अन्य जानकारी प्रहरीले दिइसकेको छैन।
मृत्युको विरोधमा स्थानीयहरुले भने इनरुवामा विरोध प्रदर्शन थालेका छन्। बिहानैदेखि सडक अवरुद्ध गर्नुका साथै टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। प्रहरी कार्यालय अगाडि नै टायर बालेका छन्। सुनसरीका भित्रि गाउँहरुबाट समेत मानिसहरु यतिखेर इनरुवा भित्रने क्रम जारी छ।
प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। मृतकका आफन्तहरुले छानविन गरी दोषीलाई कारवाहीको माग गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…