सँजय साह 'टकला' को सजायलाई उच्च अदालतले उल्टयायो, जन्मकैदबाट मात्र ७ बर्षको सजाय
साहलाई बम विस्फोट मुद्दामा सजाय घटेपनि सिँघानीया हत्या प्रकरणको जन्मकैदको सजाय छँदैछ ।

२०७८ असोज १८ सोमबार, राति १२:२३ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको रामानन्दचोक बम विस्फोट घटनामा जन्मकैद सजाय सुनाइएका सँजय साह “टकला” को सजायलाई उच्च अदालत जनकपुरले उल्टयाएको छ ।
साढे ९ बर्षअघि जनकपुरको रामानन्द चोकमा भएको बम बिस्फोट घटनामा जन्मकैदको सजाय पाएका सञ्जय साहको सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याउँदै जन्म कैदलाई घटाएर सात (७) वर्ष मात्र सजाय हुने फैसला गरिएको छ ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले आज आइतवार अबेर राति उक्त फैसला गरेको एक कानून व्यवसायीलाई उदृत गर्दै पत्रकार अजय अनुरागीले लोकातन्तरमा समाचार ब्रेक गरेका छन् ।
गत आइतबारदेखि नै हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको फैसला राय किताबमा आज राति ८ बजे न्यायाधीशद्वयले लेखेको उदृत गरेका छन् । यद्यपी, अदालतको तर्फबाट यसको अधिकारिक पुष्टि आएको छैनन् ।
बम विस्फोटमा परेर ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएको थियो। यसअघि उक्त मुद्दामा धनुषा जिल्ला अदालतले साहलाई जन्म कैदको सजाय सुनाएको थियो।
उनी हाल नख्खु स्थित कारागारमा छन्। ज्यान मार्ने उद्योगमा ७ वर्षको सजाय र कर्तव्य ज्यान मुद्दामा मुख्य कसूरवार नभएर षडयन्त्रकारीको रुपमा मात्रै सजाय निर्धारण गरिएको छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…