जनकपुरः टयुसन पढेर आउँदै गरेकी बालिकालाई तीन युवकले जिस्काए, न्याय नपाउँदा आत्महत्या
त्यसपछि वडा नम्बर ४ का वडाध्यक्ष हरिशचन्द्र कामतलाई गुहार लगाएको बताइएको छ ।

२०७८ असोज १४ बिहीबार, बिहान ८:३८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम देखि केही दुरीमा रहेको पूर्वी धनुषामा एक बालिकाले आत्महत्या गरेकी छिन् ।
धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ खजुरी टोल बस्ने १२ वर्षीया ममता कामतले बिष खाएर आत्महत्या गरेकी हुन् । स्थानीय केही युवकहरुले उनलाई जिस्काएपछि न्याय माग्न सरोकारबाला निकायलाई धाएपनि न्याय नपाउँदा आत्महत्या गरेकी हुन् ।
गत भदौ २३ गते ट्यूसन पढेर घर फर्किदै गर्दा सोही स्थान बस्ने १९ बर्षिय भिलबा दास, २० बर्षिय कलेश्वर दास र २२ बर्षिय सँजय दासले बालिकामाथि दुरव्यवहार गरेको थियो । तीन जनाले ममतालाई समातेर एउटा कागजको पर्चीमा आफ्नो मोबाइल नम्बर लेखेर दिएका थिए ।
ममतालाई दुरव्यवहार गर्दा उनले आफ्नो परिवारजनलाई बताएकी थिइन् । घटनाको जानकारी पाएलगत्तै उनका परिवारजनले नजिकै रहेको इलाका प्रहरी कार्यालय खजुरीमा उजुरी दर्ता गराउन पुगेको थियो ।
तर, बयान अपुग भएपछि प्रहरीले उजुरी दर्ता गर्न प्रहरीले मानेनन् । गत भदौ २४ गते पिडित परिवारले दिएको उजुरी प्रहरीले पीडित बालिकाको बयानपछि मात्र दर्ता गर्ने भनेपछि दर्ता हुन सकेनन् ।
प्रहरीले स्थानीय तहको न्यायिक समिति मार्फत घटना मिलाउन सल्लाह दिएको मृतक ममताको बुवा सुरेश कामतले बताए । त्यसपछि वडा नम्बर ४ का वडाध्यक्ष हरिशचन्द्र कामतलाई गुहार लगाएको बताइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…