जनकपुरः ट्रिपरले ठक्कर दिँदा मोसा चालकको मृत्यू, ट्रिपरमा स्थानीयले गरे आगजनी
प्रहरीका अनुसार, आगजनीपछि ट्रिपरको तीनवटा पाँग्रा र बोगी जलेको छ ।

२०७८ असोज १० आइतबार, बेलुकी ५:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधामस्थित ट्रिपरले मोसा (मोटर साईकल) लाई ठक्कर दिएपछि एक जनाको मृत्यू भएको छ ।
आईतबार अपरान्ह करिब ४ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ पिडारीचोक स्थित जनकपुरबाट महेन्द्रनगर ढल्केवरतर्फ जाँदै गरेको ना ७ ख ४७४७ नम्बरको ट्रिपरले अझै नम्बर नखुलेको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
मोटरसाईकलमा सवार छिमेकी मुलुक भारतका अन्दाजी बर्ष ४५ का आनन्द किशोर दासको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतका अनुसार, मोटससाईकलको नम्बर अझै खुल्न सकेको छैनन् ।
ढल्केवरतर्फबाट आउँदै गरेको मोटरसाईकलमा सवार दासलाई ढल्केवरतर्फ जाँदै गरेको ट्रिपरले ठक्कर दिएपछि दास गम्भिर घाईते भएका थिए । उनको तत्कालै उपचारको लागि जनकपुरको प्रादेशिक अस्पतालमा लगिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा दासको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सोही क्रममा आक्रोसित स्थानीयवासीहरुले भने ट्रिपरमा आगजनी गरिदिएको छ ।
ट्रिपरको ठक्करबाट मोटरसाईकल चालक दासको ज्यान गएको भन्दै आक्रोसित स्थानीयवासीहरुले ट्रिपरमा आगो लगाउँदा ९० प्रतिशत बढी भाग जलेर ध्वस्त भएको छ । प्रहरीका अनुसार, आगजनीपछि ट्रिपरको तीनवटा पाँग्रा र बोगी जलेको छ ।
आगजनीपछि केही समयपछि आएको जनकपुरधाम उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएपनि त्यतिबेरसम्म ट्रिपर जलेर ध्वस्त भएको बताइएको छ ।
यता, ट्रिपर चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलिया बस्ने चालक विपिन कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसको बारेमा थप अनुसन्धान अगाडी बढाएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…