जनकपुरमा हक्की स्टेडियम (स्टफ) बन्ने
न्यूज ब्यूरो || जनकपुरधाम, ४ चैत्त । प्रदेश नं. २ को अस्थायी राजधानी मानिएको जनकपुरधाममा हक्की खेलको लागि स्टफ बनाउने एक कार्यक्रमका सहभागीहरुले प्रतिवद्धता जनाएका छन् । आईतबार जनकपुरमा एक पत्रकार सम्मेलनमा जनकपुरमा आगामी ६ गतेदेखि सुरु हुन लागेको १८ औं राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको बारेमा जान

२०७४ चैत ४ आइतबार, दिउँसो १२:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ४ चैत्त । प्रदेश नं. २ को अस्थायी राजधानी मानिएको जनकपुरधाममा हक्की खेलको लागि स्टफ बनाउने एक कार्यक्रमका सहभागीहरुले प्रतिवद्धता जनाएका छन् ।
आईतबार जनकपुरमा एक पत्रकार सम्मेलनमा जनकपुरमा आगामी ६ गतेदेखि सुरु हुन लागेको १८ औं राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको बारेमा जानकारी दिँदै आयोजक समितिले यो खेल सफल भएपछि हक्की स्टफ बनाउने उद्घोष समेत गरेका छन् ।
१८ औं राष्ट्रिय पुरुष हक्की प्रतियोगिता २०७४ जनकपुरमा आयोजना हुने भएको छ ।
धनुषा जिल्ला हक्की संघको आयोजनामा हुन गइरहेको हक्की प्रतियोगिता आउँदो चैत ६ गते देखि १० गते सम्म जनकपुरको कबर्ड हल मैदानमा हुने जनाइएको छ ।
धनुषा जिल्ला हक्की संघका उपाध्यक्ष अमित झाले प्रतियोगितामा पुरुष तर्फ नेपालको पाँच विकास क्षेत्रका ५ वटा टिम र नेपाली सेनाको टिम गरी ६ वटा टिमले प्रतिस्पर्धा गर्ने बताए ।
महिला तर्फ फाईनलका दिन शो म्याच हुने उनले थपे ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम र द्वितिय हुने टिमलाई क्रमशः ५० हजार र २५ हजार रुपैयाँ तथा ट्रफि प्रदान गरिने पुर्व साफ खेलाडी रबीन्द्र सिंहले बताए ।
प्रतियोगिताको महिला तर्फ सानत्वना पुरस्कार १० हजार तथा म्यान अफ दि सिरिजलाई ५ हजार तथा १ लाख बराबरको स्कलरशिप प्रदान गरिने बताईएको छ ।
प्रतियोगिताको अनुमानित खर्च १२ लाख रुपैयाँ रहेको छ । स्थानीयस्तरमा धनुुषामा यसअघि पाँच वटा हक्की प्रतियोगिता भइसकेका छन् ।
वि.सं. २०४० सालमा पहिलो पटक पोखरामा राष्ट्रिय हक्की प्रतियोगिता आयोजना भएको थियो ।
प्रतियोगितका सँयोजक जीतेन्द्र महासेठले हक्कीका खेलाडी धनुषाबाट बढी भएकोले प्रोत्साहनको लागि हक्की स्टफ जनकपुरमै निर्माण गरिने बताए ।
प्रतियोगिताको लागि ईसेवा अनलाईन, आईएमई मनि ट्रान्सफर, हुन्डाय कम्पनी र फ्याक्ट नेपालले आर्थिक सहयोग गरेका छन् ।
स्थानीय स्तरबाट रु. ४ लाख समेत गरी राष्ट्रिय खेलकुद परिषदबाट रु. २ लाख तथा स्पोन्सरहरुबाट रु. ६ लाख आर्थिक सहयोग भएको आयोजक समितिले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…