पत्रकार अनुराग सम्मानीत
प्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष सक्रिय पत्रकार र सञ्चार माध्यमलाई पुरस्कृत गर्दै आएको छ । यो वर्ष काउन्सिलले १० वटा शीर्षकमा पुरस्कारहरू वितरण गरेको हो ।

२०७८ असोज ६ बुधबार, राति ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रेस काउन्सिलको समाबेशी पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार अनन्त अनुराग सम्मानित भएका छन् ।
२०६० साल देखि निरन्तर एफ। एम। रेडियो, टेलिभिजन पत्रकारिता मार्फत संघियता, समाबेशीताको मुदामा पत्रकार अनुराग बहस, छलफल र कलम चलाउदै आएका छन ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई पुरस्कार प्रदान गरेकी छन् ।
प्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष सक्रिय पत्रकार र सञ्चार माध्यमलाई पुरस्कृत गर्दै आएको छ । यो वर्ष काउन्सिलले १० वटा शीर्षकमा पुरस्कारहरू वितरण गरेको हो ।
विगत लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका अनन्त अनुराग हाल एबिसी टेलिभिजनलमा बहस कार्यक्रम सन्चालन गर्दै आइ रहेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…