अन्तरजातीय प्रेम विवाह गरेकी युवतिलाई प्रेमीले छाडेपछि भौँतारिदै
केही समय पति चौधरी सँगै बसेपनि लामो समयदेखि सम्पर्कमा आउन नचाहेको र खर्च पनि दिन बन्द गरेको उनी बताउँछन् ।

२०७८ असोज ६ बुधबार, बिहान ९:४६ बजे३ मिनेट पढाइ
केही समय पति चौधरी सँगै बसेपनि लामो समयदेखि सम्पर्कमा आउन नचाहेको र खर्च पनि दिन बन्द गरेको उनी बताउँछन् ।

२०७८ असोज ६ बुधबार, बिहान ९:४६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । चार वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेकी सप्तरीको छिन्नमस्ता गाउँपालिका २ की २३ वर्षीया एक युवतिलाई पतिले अपनाउन अस्विकार गरेपछि अहिले घर न घाटकी भएकी छिन् ।
अभिभावकको सहमति बिना सोही गाउँपालिका ३ का २४ वर्षीय सानु चौधरी सँग २०७४ साल असोज महिनामा राजविराजस्थित राजदेवी मन्दिरमा प्रेम विवाह गरेको बताएकी युवति पतिले पत्नीको रुपमा अपनाउन अस्विकार गरेपछि अलपत्र परेकी हुन् ।
उनी प्रेम विवाह गरेको भोली पल्टैदेखि राजविराज ७ स्थित भाडाको घरमा एक्लै बस्दै आएकी छिन् । पति चौधरीले घरमा स्थिति सहज भएपछि लाने भन्दै तत्काल यही घरमा बस्न लगाएको उनले सुनाइन् ।
केही समय पति चौधरी सँगै बसेपनि लामो समयदेखि सम्पर्कमा आउन नचाहेको र खर्च पनि दिन बन्द गरेको उनी बताउँछन् । जीवनयापन कष्टकर भएपछि स्नातकसम्म पढेकी उनी अहिले टोलकै केही बालबालिकालाई ट्युसन पढाएर जसोतसो खर्च टारिरहेकी छिन् ।
पतिकै दबाबमा तीन पटक सम्म झुक्याएर औषधी खुवाई गर्भपतन गराइसकेको पीडा उनले सुनाइन् । “ दबाब र धम्की दिएर पटक पटक गर्भ तुहाउन लगाए, उनले भनिन, “तर पनि पत्नीको दर्जा पाउन नसक्दा बिल्लीबाठ भएको छ ।” उनी न्यायका लागि लामो समयदेखि प्रहरी र अदालत धाईरहेकी छिन् ।
न्यायमा ढिलाई भएपछि मंगलबार संचारकर्मी र अधिकारकर्मी गुहार्न पुगेकी उनले न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । “मलाई यो अवस्थामा पु¥याउने चौधरीलाई कारवाही हुनुपर्छ, उनको एउटै माग छ ।
चौधरी र उनका आफन्तले “१० लाख रुपैयाँ लेऊ, अर्को केटासँग विहे गरिलेऊ भन्दै प्रलोभन देखाउने गरेको भन्दै आफूले नमानेको उनको भनाई छ ।
मेरो इज्जत लिएर इज्जतको मूल्य तोक्ने माथि कारवाही हुनुपर्छ, उनले भनिन् । उनका अनुसार घटना सार्वजनिक र चर्किदै गएपछि २०७७ फागुन २१ गते प्रहरीले चौधरीलाई पक्राउ गरि एक दिन थुनामा पनि राखेको थियो ।
हिरासतमा रहेका चौधरीले एक साताभित्र आफूसँग विहे गर्छु भनि कागजात गरेपछि थुनामुक्त भएको उनले बताइन् । तर, चौधरीले बोली फेरे । विहे गर्न मानेनन् युवतिले भनिन् ।
केही सीप नलागेपछि प्रहरीले जबर जस्तीकरणी मुद्दा दर्ता गरि कारवाही प्रक्रिया सुरु गर्यो । मुद्दा अदालतमा पुग्यो । अदालतमा चौधरीका आफन्तले “सानु जेल गए कसरी तिम्रो उसँग विहे हुन्छ । बरु तिमी जाहेरी फिर्ता लेउ, सानुसँगै विहे गराईदिन्छु भन्दै एउटा कागजमा हस्ताक्षर गराएको युवतिको भनाई छ ।
सप्तरी जिल्ला अदालतको आदेशले २०७८ बैशाख ३ गते सानु २ लाख धरौटी बुझाएर रिहा भएका छन्, युवतिले भनिन्, फेरी पनि सोनु र उनका आफन्तले बोली फेरे र मलाई स्वीकार गर्न तयार भएनन् ।” “घरमा गयो भने कुटपिट गर्दै लखेट्छन, माइती गयो भने “तैले आफ्नो मर्जीले विवाह गरेको भन्छन्, अब कहाँ जाने, रोहिणीले दुखेसो पोखिन् । पति सानु पहुँचवाला भएको र पावर लगाएर म माथि एकपछि अर्को पीडा थपिदै गएको उनको दुखेसो छ ।
यता सानुले युवतिसँग सामान्य चिनजान मात्र भएको र त्यस्तो सम्बन्ध कहिले नभएको दाबी गरेका छन् । “रोहिणीद्वारा लगाइएका सबै आरोप बनावटी र सरासर गलत हुन्, सानुले भने “मलाई बदनाम गर्ने र फसाउने नियतले मात्र त्यस्ता झुठा आरोप लगाएकी हुन् ।” उनले युवतिसँग आफूले विवाह नगरेको दाबी पनि गरे ।
उनले २०७७ फागुन २१ गते युवतिले जबरजस्तीकरणी ग¥यो भनेर प्रहरीमा झुठो जाहेरी दिएको र आफू पक्राउ परेको स्वीकारे पनि आफूले जरबजस्तीकरणी नगरेको र उनीसँग विहे गर्ने भनेर प्रहरी कार्यालयमा कुनै कागज पनि नगरेको दाबी गरेका छन् ।
प्रहरी उपरिक्षक राजेन्द्र धमलाले विषयको संवेदनशिलता र गम्भिरता बुझि दुबै पक्षलाई राखी सहमतिबाटै निकासको प्रयास गरिएको बताए ।
उनले छलफलमा भएको मौखिक सहमतिको पालना नभएपछि जबर जस्तीकरणी मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको र मुद्दा अदालतमा पुगेको जानकारी दिए ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
देश काल

८ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा८ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने९ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद९ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक११ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए२१ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमामव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २५ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
याँ कामको योजना बनाउन अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। आर्थिक कारोबार गर्दा हतार नगर्नुहोस्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। कुराकानीमा संयम राख्नुहोला।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…