सर्लाहीको चन्द्रनगरमा मिटर ब्याजी चौधरीको हैकमबाद, दजनौं सर्वसाधारणको उठिबास
आफूले पनि साहू नरेश चौधरीबाट ठगिएकी त्यही टोल निवासी अर्का विद्यवा महिला प्रेमा सिंहले गुनासो गरिन । दुईबर्ष अगाडी मैले साहू संग कर्जा लिदा १०, ५ र २० गरी तिन चोटीमा ३५ हजार ऋण दिएको थियो तर एक बर्ष नबित्दै साहूले चर्को ब्याज जोडेर २ लाख ६० हजार पुर्याएको थियो, रोमा सिंह ले भनिन।

२०७८ असोज ३ आइतबार, राति ८:५१ बजे६ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मिटरब्याजीबाट दजनौं सर्वसाधारणहरु ठगिएका छन ।
गरिब, निरक्षर र सम्बन्धित निकायमा पहुँच नभएको नागरिकहरुलाई निशाना बनाई मुलधन भन्दा कैयौं गुणा बढी लेख्ने, आफनो किर्ते हस्ताक्षर गरी पटक पटक मनपरी ढंगले मुलधनमा थप्ने, लिएको कर्जा भन्दा कैयौं गुणा बढीको तमसुक बनाउने, मनपरी चर्को ब्याज असुली गर्ने, दृष्ट्रिबन्धक गराउने नाममा जमिन नै पास गराउने काम गर्दै आएको छ ।
ठगिमा पर्नेमा सर्लाहीको साविक गाविस चन्द्रनगर वडा नं. ७ हाल चन्द्रनगर गाउँपालिका वडा नं. ८ नाढी ताल निवासी विजय कुमार सिंह रहेको छ । साहू चन्द्रनगर गाउँपालिका वडा नम्बर ३ निवासी रामप्रकाश चौधरीको छोरा नरेश चौधरी संग कर्जा वापत जमिन दृष्ट्रिबन्धक गर्ने शर्तमा भएको थियो तर साहू चौधरीले जमिन दृष्टिबन्धक गर्ने आडमा जमिन नै आफनै बुढीको नाममा रजिष्ट्रेशन गराई ठगि गरेको छ ।
पिडित विजय कुमार सिंहको श्रीमती ज्योति सिंहको अनुसार गत सालको साउन महिनामा ५० हजार रुपैयाँ कर्जा लिन साहू नरेश चौधरी कहाँ पुगेको थियो । ठुला बडा हुने खानेदेखि डाक्टर ईन्जिनियर हाकिमहरु समेत चौधरीबाट कहाँबाट ऋण लिन आउने गरेको बताउने साहू सबैलाई जमिन दृष्ट्रिबन्धक गरेर पैसा गरेको दिने गरेको छ ।
“तिमिलाई पनि जति पैसा चाहियोे हामी दिन्छौ । आर्थिक अभाव र पुरानो घर भत्किए बसोबासका लागि नयाँ घर बनाउनु पर्ने भएका कारण हामी दृष्ट्रिबन्धक गरेर भएपनि पैसा लिन राजि भयौं ।” तर उनले हामीलाई झुक्याएर कुनै किसिमको जानकारी नै नदिई आफनो श्रीमती सुभद्रा कुमारीको नाममा जमिन पास गराएको गुनासो गरिन ।
पैसा लिन जाँदा जहिले पनि खाली पाना भएको पहेलो डायरीमा हामीसंग हस्ताक्षर गराउथ्यो । एक पटक कहिले १० हजार, कहिले १५ हजार मात्र दिन्थ्यो र फेरी पैसा लिन अर्को दिन बोलाउथ्यो ।
“साहूले मेरो सामून्ने पैसा समेत लेख्दैन्थयो र आफन्त या अरु कसैलाई पैसा लिन संगै लिएर नआउन भन्थ्यो । कोही संगै लिएर आउन खोज्दा पनि कसैलाई लिएर नआउन भनी दबाद दिने गथ्र्यो । जमिन सावन २४ गते नामसारी गराएर भदौमा पहिलो पटक हामीलाई २५ हजार मात्र दियो । बाँकी पैसा लिन अर्को आउन भनेको पिडित ज्योति ले बताईन ।
हामी १२ पटकमा साहू संग करिब तिन लाख कर्जा मात्र लिएको र माघ २४ गते १ लाख ५० हजार फिर्ता समेत गरेका छौं तर पनि साहूले मनपरी ढंगले आफनो बहि खातामा करिब ३३ पटक भन्दा बढी पैसा लिएको देखाउदै ९ लाख ६६ हजार मुलधन र ३ तिन लाख ६७ हजार ब्याज गरी १३ लाख ३३ हजार बनाएको पिडित रुदै भनिन । साहूलाई हिसाब गर्न पटक–पटक भनेपनि आफू विरामी परेको, फुर्सद नभएको, केही दिनपछि हिसाब गर्छौ भन्दै आलटाल गर्दै आएको गुनासो गरिन ।
साहूले गत साल सावन २४ गते तिर हामीलाई सर्लाही मलंगवा स्थित मालपोत कार्यलयमा लगेको पिडित विजय कुमार सिंहले बताए ।
तिमिलाई कर्जा चाहिएछ भने मालपोतको हाकिमले जमिन बिक्रि गरिसकेका छौ र जमिनको वापत पैसा पायौ भने सोध्दा हजुर गरिसके र पैसा समेत पाईसके भने जवाफ फर्काउनु भनी अघि नै मलाई सिकाएको थियो । हामीलाई पैसाको खाँचो भएका कारण हामीले साहू ले भने अनुसार नै गरेकोे बताए ।
मैले सेन्ट्रल फाईननन्स लिमिटेड शाखा लालबन्दी मार्फत जमिन धितो राखी ऋण लिनको लागि साहू संग भएको पुरानो दृष्ट्रिबन्धक तोडन सदरमुकाम मलंगवामा पुग्दा साहूको बुढीको नाममा नामसरी भईसकेको थाहा पाएको सिंहले भने ।
खेत नै साहूको बुढीको नाममा नामसरी भएर आफू ठगिएको थाहा पाएपछि हाम्रो परिवारमाथि नै बज्रपात खस्यो र परिवारमा केही दिन चुल्हो नै बन्द हुन दुखेसो पोखे ।
विजय कुमार सिंह र ज्योति सिंह दम्पतिको ३ वटा छोरी र एक छोरा रहेको छ । आर्थिक अवस्था कमजोर र अशिक्षित भएका कारण दैनिक ज्याला मजुदुरी गरेर परिवारको जिवकोपार्जन गर्दै आएको छ ।
पति सिंह समय समयमा रोजगार का लागि भारतको विभिन्न सहरहरुमा जानुको साथै घरमा भएका बेला बयलवासमा रहेको सेलर मिल ९धान कुटने० मा बोरा बोक्ने काम गर्दै आएको छ ।
विजय कुमार सिंहको को नामदर्ता रहेको गाविस चन्द्रनगर वडा नं. ८ मा कि।न। २४५ क्षेत्रफल ५ कठ्ठा ११ अबल जग्गा थियो । उक्त विपक्षी संग पटक–पटक गरी जम्मा कर्जा लिएको ३ लाख को लागि दृष्टिबन्धक पारित गरी दिनुस भनी भन्दा विपक्षीले ललाई फर्काई कुनै किसिमको जानकारी नदिई जग्गा आफनो श्रीमती शुभद्रा कुमारी को नाउँमा आरसी ००००७४८ मिति २०७७ ÷५÷२८ गतेमा राजिनामा पारित गराई ठगी गरेको छ ।
कर्जा रुपैयाको बहिखातामा हिसाब हेर्दा एकैदिन मा विभिन्न मितिमा पटक–पटक गरी किर्ते जालसाज हस्ताक्षर गरी लिएको सो निजको बहिखाताबाट प्रस्ट भएको छ, भने गलत तरिकाले मु्लधन ९ लाख सावित गरी त्यसको ३६ प्रतिशत ब्याज समेत गलत तरिकाले हिसाब जोडि लगभग अन्दाजी १३ लाख भन्दा बढी सावित गरेको देखिन्छ ।
त्यस्तै, चन्द्रनगर गाउँपालिका वार्ड न। ३ बरकुर्वा निवासी पुनेधर सिंह र सुशिला देवी पनि ठगिएका छन । छोराको उपचारको लागि नरेश चौधरी संग केही बर्ष अघि ४५ हजार कर्जा लिएकी सुशिला देवी लाई साहू ले प्रति दस हजारको एक हप्तामा १ हजार ब्याज जोडि दुईतिन महिनामै २ लाख २० हजार मु्लधन बनायो । साहुले मलाई पनि १०, १५ हजार गरी चार चोटीमा ४५ हजार रुपैया दिएको थियो ।
म संग दुईलाख २० हजार को लागि ६ लाख ८१ हजार को कपाली कागज बनाएको पिडित सुशिलाले बताईन। वि.सं. २०७६ अगहन २२ गते छ महिना नबित्दै साहूले अदालतमा कर्जा लिएको भन्दै मुद्दा हालिदियो । एकबर्ष अदालतमा मुद्दा लडेपछि मैले साहूलाई आफनो १० कठ्ठा खेत बेचेर ८ लाख ४५हजार तिरेकी देखेसो पोखिन ।
हामीसंग गरिखाने खेत त्यही १० कठा मात्र खेत थियो । खेतको उब्जनीले ६ महिनासम्म खान पुग्थ्यो तर साहूको चर्को मिटर ब्याज र बदनियतका कारण पुर्खाले जोगाएको परिवारको साहार बन्ने एक मात्र सम्पत्तिको रुपमा रहेको खेत समेत बेचिन पुगिन ।
आफूले बसोबास गर्दै आएको १५ धुर घडेरीमा पनि अरुको मोही थियो । आर्थिक अवस्था कमाजोर र मोही वापत ३ लाख तिर्न नसकेर घडेरी समेत आफनै श्रीनगर निवासी नन्द आशो देविलाई बेच्नु परेको भन्दै सुशिला रुन थालिन ।
दुई छोरा, दुई छोरी र एक बुढी आमा भएको सुशिला देवी र पुनेधर सिंह दम्पतिको बस्ने घडेरी समेत आफनो नाममा छैन । चरम आर्थिक समस्याको मार खेप्दै आएको पुनेधर बयलवास स्थित सेलरमा भारी बोक्ने गर्दछन, भने बुढी ईटा भट्टामा काम गर्न बाध्य हुदै आएकी छिन ।
आफूले पनि साहू नरेश चौधरीबाट ठगिएकी त्यही टोल निवासी अर्का विद्यवा महिला प्रेमा सिंहले गुनासो गरिन । दुईबर्ष अगाडी मैले साहू संग कर्जा लिदा १०, ५ र २० गरी तिन चोटीमा ३५ हजार ऋण दिएको थियो तर एक बर्ष नबित्दै साहूले चर्को ब्याज जोडेर २ लाख ६० हजार पुर्याएको थियो, रोमा सिंह ले भनिन।
पतिको दुर्घटना हुदाँ त्यसमा पाएको क्षतिपूर्तिबाट नै १ लाख ५० हजार असुली गरेको दुखेसो पोखिन । मैले बिहे, काजकिरिया र आपदविपद परेको बेला गरिब नागरिकहरुलाई ऋण दिएर सहयोग गर्दै आएको साहू नरेश चौधरीले बताए । विजय सिंह दम्पति सहमतिमै मैले उहाँको जमिन आफनो बुढीको नाममा पास गराएको दाबी गरे ।
कर्जा लिने मान्छेले नै हामीलाई गोप्य रुपमै ऋण दिनु भनेको र उहाँलाई पैसाको खाँचो परेकोले बेला पटक पटक ऋण मागेकोले मैले दिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…