न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको बर्दिवासका मेयर विदुर कार्कीले क्रसर माफियासँग मिलेर नदी दोहन गराएको आरोप लगाइएको छ ।
मेयर कार्कीले कानुन विपरीत पोखरी खन्ने नाममा नदी जन्य पदार्थ उत्खनन निकासीको ठेक्का दिएर करोडौंको अनियमितता गरेको खुलासा भएको छ ।
बर्दिबास नगरपालिकाले मेयर कृषि कार्यक्रम अन्तर्गत माछा पोखरी उत्खनन गर्दा नदीजन्य पदार्थ निश्कासनमा कानुन विपरीत ठेक्का दिई व्यापक अनियमितता गरेको महालेखापरीक्षकको ५८ औं प्रतिवेदनमा पाइएको छ ।
प्रतिवेदन अनुसार नगरपालिकाले प्रचलित कानुन विपरीत मिति २०७७ जेठ २९ गते र २०७७ जेठ २७ गत रोशन कन्ट्रक्सनलाई १ लाख ५० हजार घन मिटर ग्राइेभल निश्कासन गर्न २ करोड ३९ लाख २० हजार ५ सयमा र शिवालय दिवा जे भीलाई एक लाख घनमिटर ग्राइेभल निश्कासन गर्न ७९ लाख ७३ लाख २८० मा सोझै ठेक्का सम्झौता गरेको थियो ।
नगरपालिकाले नदीजन्य पदार्थको आय ठेक्का प्रचलित कानुन बमोजिम प्रतिष्पर्धाबाट गर्नुपर्ने प्रावधान छ । सो अनुसार नदिजन्य पदार्थ निश्कासनको प्रतिष्पर्धा नगराई सोझै दिएकोले कानुनको कानुन अनुसार नगरेको महालेखापरीक्षाको ठहर छ ।
त्यति मात्र होइन ठेक्का लिएका दुबै ठेकेदारले ग्राइभेल निश्कासन गरेको सम्पूर्ण रकम समयमा दाखिला नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । दुबै ठेकेदारले सम्झौता शर्त अनुसार समयमा रकम दाखिला नगरेकाले बैंक जमानत जफ्तसहित जरिवाना समेत गरी १ करोड ८९ लाख १७ हजार ७६२ रुपैयाँ असुल गर्न महालेखा परीक्षकले भनेको छ ।
रोशन कन्ट्रक्सनले मात्र ६० लाख बैंक दाखिला गरेको छ । रोशन कन्ट्रक्सनबाट बाँकी १ करोड ७९ लाख २० हजार ५ सय र शिवालय दिवा जेभीले ग्राइभेल निश्कासन गरेको ६२५४ घनमिटरको ९ लाख ९७ हजार २६२ रुपैयाँ अशुल गर्न बाँकी रहेको उल्लेख छ ।
नगरपालिका श्रोतका अनुसार मेयर कार्काीले मोटो रकमको सेटिंगमा दुबै ठेकेदार कम्पनीलाई कानुन विपरीत सम्झौतामा सोझै ग्राइभेल निश्कासनको ठेक्का दिएका थिए । प्रदेश २ मै सबभन्दा नदी दोहन हुने नगरपालिका बर्दिबास रहेको छ । बर्दिबासका मेयर खोला उत्खनन गराउनेमा मादसाहका रुपमा चर्चित छन् ।
उनले नगरभित्रको खोला अवैध रुपमा उत्खनन गराउन क्रसर माफियाको सेटिंग गर्ने गरेको आरोप लाग्ने गरेको छ । सोहि कामबाट मेयर कार्कीले करोडौँका अकुत सम्पति जोडेको व्यापक चर्चा छ । बर्दिबास नगरभित्र दर्जनौ क्रसरहरु सञ्चालनमा छ । केहि क्रसरमा गोप्य लगानी मेयर कार्कीको पनि रहेको स्थानीयले बताएका छन् ।
यता, मंगलबार पत्रकार सम्मेलन गर्दै मेयर कार्कीले सो समाचार तथ्यभन्दा बाहिर गएर आफ्नो दुष्प्रचार गरेर बद्नामा गराउने प्रयास गरेको आरोप लगाउँदै आपति जनाएका हुन् ।
उनले नेपाल सरकारकै निर्णय बमोजिम प्राथमिकता प्राप्त योजनाहरुलाई पोखरी निर्माण गर्दा निस्केको ढुंगा, रोडा तथा ग्राइभेल राजश्व लिई विक्री गरेको समेत स्पष्ट पारेका छन् । उनले वास्तविकता कुरा नबुझी तथ्य भन्दा बाहिर गएर भ्रम सृजना गरी बदनाम गराउने गलत मनसायले समाचार सम्प्रेषण गरको भन्दै खण्डन गरेका छन् ।
‘म नगरप्रमुखको हैसियतले नगरपालिकाका विकास तथा राजश्व संकलन कार्यमा संविधान तथा कानुनले दिएको अधिकार उपयोग गरी नगरको विकासको अभियानमा सरिक भएको ठानेको छु’ मेयर कार्कीले भने ‘ठेकेदारसंग मिलेमतो गरी कानुन विपरीत गइ भ्रष्टाचार गरेको कपोकल्पित र सरासर झुठो हो भनि खण्डन गर्दछु ।’
महालेखा परीक्षाको प्रारम्भिक प्रतिवेदन नगरपालिकामा आए पश्चात भएका त्रुटिहरु सच्याइ सकिएको र बाँकी राजश्वय समेत नियमानुसार असुल उपर गरेको र केहि गर्ने क्रममा रहेको उनको भनाई छ । मेयर कार्कीले माछा पोखरी निर्माण गर्दा निस्किने ढूंगा, रोडा तथा ग्राभेल खानी विक्रीवितरण र राजश्व संकलनको विषयमा समेत स्पष्ट पारेका छन् ।
टुडेपाटीको सहयोगमा
NIC ASIA बैंकको बदमासी , बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित
- २०७८ भदौ ३० बुधबार
सबिन यादव, सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ । एनआइसी एसिया बैंक गोलबजार शाखाले
पूरा पढ्नुहोस्