डा. सिके राउतको अगाडी झुके 'नेपाल सेन्सर बोर्ड' पनि
न्यूज ब्यूरो || जनकपुरधाम, ३ चैत्त । मधेस आन्दोलनमा आधारित भोजपुरी भाषाका फिल्म मधेसी पुत्र २ बाट डा. सिके राउतलाई हटाएपछि प्रदर्शनमा आउने भएको छ । आगामी चैत्त ९ गतेदेखि नेपालभरिका सिनेमा घरहरुमा प्रदर्शनमा आउन लागेको मधेसी पुत्र - २ लाई सेन्सर बोर्डले फिल्मलाई रिलिज गर्ने अनुमति दिएको छ । यसअघि फिल

२०७४ चैत ३ शनिबार, बेलुकी ६:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ३ चैत्त । मधेस आन्दोलनमा आधारित भोजपुरी भाषाका फिल्म मधेसी पुत्र २ बाट डा. सिके राउतलाई हटाएपछि प्रदर्शनमा आउने भएको छ ।
आगामी चैत्त ९ गतेदेखि नेपालभरिका सिनेमा घरहरुमा प्रदर्शनमा आउन लागेको मधेसी पुत्र - २ लाई सेन्सर बोर्डले फिल्मलाई रिलिज गर्ने अनुमति दिएको छ ।
यसअघि फिल्ममा स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतको भूमिकालाई दर्शाएपछि नेपाल सेन्सर बोर्डले कैँची चलाउँदै फिल्म प्रदर्शनमा रोक लगाएको थियो ।
चलचित्रमा डा. सिके राउतको अभियन सहित 'सिके राउत जिन्दावाद' को नारा लगाएको भन्दै बोर्डले चलचित्र प्रदर्शनमा रोक लगाएको थियो ।
प्रदर्शनमा रोक लगाएपछि फिल्म निर्माण पक्षले सिके राउत जिन्दावादको सट्टा मधेसी एकता जिन्दावाद को नारा भनेर पुनः निर्माण गरेपछि चलचित्र प्रदर्शनमा आउन लागेको हो ।
बिशेष गरेर मधेस आन्दोलनको कथामा आधारित भएकाले यो सिनेमालाइ सेंसर बोर्डले प्रदर्शनमा रोक लगाएका थिए ।
सीके राउतका केहि संवादमा कैंची चलाए पछि सेंसर बोर्डले चलचित्रलाइ पास गरेको जानकारी सिनेमा को निर्देशक निराजन कुमार मेहताले न्यूज ब्यूरोसँग भने ।
निर्माता उदित नारायण शाह अरुण को एकल लगानीमा निर्मित यो चलचित्र तराईका सप्तरी, सिरहा, धनुषा र भैरवा लगायत ठाउँमा शूटिंग भएको हो ।
फिल्ममा नायक र निर्देशक निराजन कुमार मेहता, नीता घिमिरे, ध्रुब कोइराला, प्रबीन लाल यादव, मनोज राज, देव यादव र उषा पण्डे लगायतले अभिनय गरेका हुन ।
भोजपुरी भाषाको यो फिल्म डा. सिके राउतलाई नै लिएर निरन्तर विवादीत भएको थियो भने फिल्म प्रदर्शन गर्न दिनुपर्ने भन्दै आन्दोलन समेत गरिएको थियो ।
फिल्म प्रदर्शनको लागि मधेसका कलाकारहरुले एकता जनाउँदै सडक समेत तताएका थिए ।
नेपालको कैयौँ सिनेमा घरहरुमा यो फिल्म प्रदर्शनमा आगामी चैत्त ९ गतेदेखि आउने भएकोले दर्शकहरु मधेस आन्दोलनको पक्षलाई समेटिएकोले रुचाउने दाबी निर्माण पक्षको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…