मोटरसाईकल, स्कूटरको फेरी बढयो कर , कुन सवारीको कर कति ?
प्रतिस्थापन बजेटले १२५ सिसीभन्दा माथिका मोटरसाइकल र स्कुटरको अन्तस्शुल्क १० प्रतिशत बढाएको छ।

२०७८ भदौ २६ शनिबार, दिउँसो ३:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। सरकारले दुई पांग्रे सवारी साधनको कर बढाएको छ । शुक्रबार ल्याएको प्रतिस्थापन विधेयकमार्फत् सरकारले दुईपांग्रे सवारी साधनको कर २० प्रतिशतसम्म बढाएको हो ।
विधेयकले १२५ सिसीभन्दा माथिका मोटरसाइकलरस्कुटरको अन्तशुल्क १० प्रतिशत बढाएको हो । ५०० देखि ८०० सिसीका बाइकमा भने २० प्रतिशत अन्तशुल्क बढाइएको छ ।
अन्तशुल्क बढेसँगै अब नयाँ आउने १२५ देखि १५५ सिसी इन्जिन क्षमताका दुई पांग्रे सवारीसाधनको मूल्य बढ्नेछ । नेपाली बजारमा यी मध्यम मूल्यका र धेरै बिक्री हुने सवारी मानिन्छन् ।
त्यस्तै २०० देखि ८०० सिसीका बाइकको पनि भाउ बढ्नेछ । ८०० सिसीमाथि भने अन्तशुल्क पुरानै दर, १०० प्रतिशत कायम छ ।
नयाँ व्यवस्था अनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ, १२५–२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०–४०० सीसीसम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४०० सीसीमाथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।
यता, दुई पांग्रे सवारी साधनको कर बढाएपछि यामाहा मोटरसाइकल र स्कुटर नेपालमा विक्री गर्दै आइरहेको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले व्यवसायीहरूलाई निरुत्साहित पार्ने गरी सरकारले नीति ल्याएको जनाएको छ।
विदेशबाट आयात गरी नेपालमा मोटरसाइकल र स्कुटर बिक्री गर्नेहरूलाई पेशाबाट नै पलायन हुने गरी सरकारले नीति ल्याएको एमएडब्लु इन्टरप्राइजेजको भनाइ छ।
“नेपालमा एसेम्वल्ड गर्नेहरूलाई यसले सुखको सास फेर्न देला, तर हामीजस्ता भारतबाट मोटरसाइकल र स्कुटर ल्याउनेहरूलाई सरकारले करमाथि कर थपिदिएको छ,” एमएडब्लु इन्टरप्राइजेजका एक अधिकारीले भने।
“सरकारले अन्तःशुल्कमा २५ प्रतिशत छुटको स्थानमा त्यसलाई बढाएर ५० प्रतिशत छुट दिएको छ’, ती अधिकारीले भने, ‘यसले हामीजस्तालाई निरुत्साहित गर्छ र पेशाबाट पलाउन बनाउँछ।”
नेपालमा मोटरसाइकल र स्कुटर बेच्दै आइरहेका केही कम्पनीले एसेम्वल्डका नाममा छुट सरकारबाट लिए पनि उपभोक्ताहरूलाई त्यो भने नदिएको ती अधिकारीको आरोप छ।
नेपालमा मोटरसाइकल र स्कुटर बेच्दै आइरहेका कम्पनीहरुले एसेम्वल्ड भन्दै सामान आयात गर्दा भ्यालु अडिसन नदेखिएको ती अधिकारीले बताए।
एमएडब्लु इन्टरप्राइजेजका सिइओ राजु क्षेत्रीले सरकारको यो निर्णयले विदेशबाट मोटरसाइकल र स्कुटर आयात गर्नेहरूलाई अप्ठ्यारो र नेपालमा नै एसेम्वल्ड गर्नेहरूलाई सहज हुने वातावरण बनाइदिएको बताए।
प्रतिस्थापन बजेटले १२५ सिसीभन्दा माथिका मोटरसाइकल र स्कुटरको अन्तस्शुल्क १० प्रतिशत बढाएको छ। ५०० देखि ८०० सिसीका बाइकमा भने २० प्रतिशत अन्तस्शुल्क बढाइएको छ।
अन्तस्शुल्क बढेसँगै अब नयाँ आउने १२५ देखि १५५ सिसी इन्जिन क्षमताका दुई पांग्रे सवारी साधनको मूल्य बढ्ने लगभग निश्चित छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…