गरिब र अशिक्षाको कारण आत्महत्या बढदैः डिएसपी दाहाल
सशस्त्र प्रहरीका लहान प्रमुख शुशिल श्रेष्ठका अनुसार हाम्रो समाज अध्यात्मिकको समाज हो । समाजमा बिचल्लीतका घटनाहरु घटने गरेका छन् । बिश्वमा आत्महत्या मध्ये नेपाल १५ औं स्थानमा रहेको बताउँदै देशमा प्रत्येक दिन करिब २० जनाले आत्महत्या गर्ने गरेको तथ्य खुलाए ।

२०७८ भदौ २६ शनिबार, बिहान ८:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा लहानका डिएसपी डा. तपन दाहालले गरिबी र अशिक्षाका कारण आत्महत्या बढदै गएको जिकिर गरेका छन् ।
आत्महत्या रोकथामको लागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डिएसपी दाहालले दिनानुदिन बढदै गएको आत्महत्याको कारणहरुमा गरिबी र अशिक्षा नै मूल पाएको बताए ।
महिला मानव अधिकारकी संयोजक रेनु कर्णकी अध्यक्षता तथा ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कृष्ण बहादुर खडकाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले बढदै गएको आत्महत्याको आँकडाप्रति चिन्ता व्यक्त गरे ।
सो कार्यक्रममा बोल्दै लहान नगरपालीकाको स्वास्थ्य शाखा प्रमुख राम सुन्द यादवले आत्महत्या रोकथामको लागि कुनै एक जनाबाट सम्भव नभएकोले यस्तो घटनालाई समाज नै यसको उन्मुलन गर्न लाग्नु पर्ने धारणा राखे ।
लहान नगरपालिकाको आयोजनामा आयोजन गरिएको सो अन्तरक्रिया कार्यक्रममा महिला अधिकारकर्मि तथा मुक्ति नेपालका संस्थापक श्याम कुमारी साहले आत्महत्याको जुन मानवमा सोच उत्पादन हुने गरेको छ, हामी संगै परिक्षण र अभियानको रूपमा लाग्नुपर्ने बताइन् ।

डा. महेन्द्र चौधरीका अनुसार समाजमा गतिशिलताको कुरामा ध्यान गर्नु र खास गरेर समाजमा असमानताले गर्दा आत्महत्या हुने गरेको जीकिर गरे। मनोशिक्षा सुरु गर्दा स्कुलहरुमा अभियान चलाउनु जरुरी नै रहेको बताए ।
उप–मेयर सरियार चौधरीका अनुसार महिलाले जन्मै देखी अधिकार नै नपाएकोप्रति दुःख व्यक्त गरिन। “महिला पनि हाम्रो समाजमा महिला दिदी बहिनीहरुलाई आत्महत्या गर्न तिर धकेल्न लागेका छन् ।”– उनले भनिन् ।
सशस्त्र प्रहरीका लहान प्रमुख शुशिल श्रेष्ठका अनुसार हाम्रो समाज अध्यात्मिकको समाज हो । समाजमा बिचल्लीतका घटनाहरु घटने गरेका छन् । बिश्वमा आत्महत्या मध्ये नेपाल १५ औं स्थानमा रहेको बताउँदै देशमा प्रत्येक दिन करिब २० जनाले आत्महत्या गर्ने गरेको तथ्य खुलाए ।
त्यस मध्ये आबेगमा आएर ५ प्रतिशत ब्यक्तीले आत्महत्या गर्ने गरेका छन्। सिरहामा दोस्रो लकडाउनमा ३८ जना ब्यक्तीले आत्महत्या गरेको तथ्याँक सार्वजनिक भएको हो ।
गरिब,अशिक्षा लगायतका तनावले ब्यक्तीले आत्म हत्या गर्ने गरेको वक्ताहरुको धारणा थियो । उक्त कार्यक्रमको संचालन रेडियोकर्मि तथा मानव अधिकारकर्मि राम भरोसी महतोले गरेका थिए।
कार्यक्रममा पत्रकार ,मानव अधिकारकर्मि ,विद्यार्थी समाज सेवी बुद्धिजीबी लगायत सयौं सरोकार बला ब्यक्तीहरुको सहभागीता अधिकारकर्मि अनिता चौधरीले जानकारी दिइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…