जनकपुरका मेयरले प्रतिव्यक्ति 'एक झूल' बाँडे - ब्यँग
काशिन्द्र शर्मा || जनकपुरधाम, २ चैत्त । 'लामखुट्टे र फोहोर व्यवस्थापनमा रतिभर पनि ध्यान नदिएको जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरवासीलाई घर घर प्रतिव्यक्ति एक झूल बाँडेका छन्' - भन्दा हाँसो उठछ् , तर यो पनि आज जनकपुरमा हेर्न पाइएको छ । - व्यँग । सधैँ लामखुट्टे र फोहोरको शहर भनेर टिप

२०७४ चैत २ शुक्रबार, बेलुकी ६:०८ बजे१ मिनेट पढाइ

काशिन्द्र शर्मा ||
जनकपुरधाम, २ चैत्त । 'लामखुट्टे र फोहोर व्यवस्थापनमा रतिभर पनि ध्यान नदिएको जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरवासीलाई घर घर प्रतिव्यक्ति एक झूल बाँडेका छन्' - भन्दा हाँसो उठछ् , तर यो पनि आज जनकपुरमा हेर्न पाइएको छ । - व्यँग ।
सधैँ लामखुट्टे र फोहोरको शहर भनेर टिप्पणी पाएका जनकपुरमा आज सर्वसाधारणहरुले अनौठो आन्दोलन गरेको छ ।
मेयर विरुद्ध स्थानीय युवा तथा सर्वसाधारणहरुले दिनमै झूल ओढेर साँकेतिक विरोध जनाएका छन् ।

जननिर्वाचित मेयर र वार्ड अध्यक्षहरू जनताको समस्यालाई लाई पटक्कै ध्यान न दिएको भन्दै विरोध स्वरुप जनकपुरको विभिन्न ठाउँमा सार्वजनिक स्थलमै झूल ओढेर साँकेतिक विरोध जनाएका हुन् ।
जनकपुरवासीलाई लामखुट्टेले असाधारण जीवन बनाएको भन्दै लामखुट्टे निराकरणको लागि अल्टिमेटम स्वरुप झूल आन्दोलन गरेका हुन् ।
समयमैं औषधि नछर्केमा बिभिन्न रोगहरू बढ़ने संभावना रहेको प्रति चिंता स्थानीयहरु जनाएका छन् ।

स्थानीय केही युवाहरु तथा जनकपुरवासीले मेयरलाई विरोध स्वरुप नाटक समेत प्रदर्शन गरेका थिए । जनकपुरको जानकी मन्दिर, अरगजा पोखरी लगायत विभिन्न सार्वजनिक स्थानहरुमा सर्वसाधारणहरुले दिनमै झूल ओढेर नगर प्रमुखलाई सचेत गराएका हुन् ।
यसका साथै ४८ घण्टा भित्र औषधी नछर्के वा लामखुट्टे निराकरणको लागि पहल कदम नचाले कडा आन्दोलन नै गर्ने चेतावनी समेत दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…