बिजली चोरी गर्नेलाई धरपकड गर्दै, मोटर, टिभीहरु नियन्त्रणमा
सीमवर्ती क्षेत्रमा अवस्थित महोत्तरीका गाउँ टोलहरुमा हुकिङ गरी विद्युत चुहावट गर्नेको संख्या बढी रहेको वितरण केन्द्रले जनाए । मिटर बिगारेर बिद्युत चोरी गर्ने २५ जनालाई नियन्त्रणमा लिई पौने दुई लाख भन्दा बढि जरिवाना तिराईएको प्रमुख साहले बताए ।

२०७८ भदौ २४ बिहीबार, बिहान १०:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । विद्युत प्राधिकरण वितरण केन्द्र जलेश्वरले चुहावट विरुद्ध धरपकड अभियान सुरु गरेको छ ।
जिल्लामा चुहावट बढ्दै गएपछि केन्द्रले धरपकड अभियान सुरु गरेको हो । चुहावट नियन्त्रण गर्नको लागि नियमित चेकजाँच गर्न वितरण केन्द्रबाट सर्कूलर जारी भएपछि अभियान नै चलाएको छु’ – वितरण केन्द्र प्रमुख चन्द्र नारायण साहले भने ।
‘ चुहावट नियन्त्रणकै निम्ति केन्द्रबाट ११ वटा चेकजाँच टोली खटाएर विद्युत चुहावट नियन्त्रण अभियानलाई कडाईका साथ अगाडी बढाएका छौं ’– उनले स्पष्ट पारेका छन् ।
चालु आर्थिक वर्ष २०७७/०७८ को साउन १ गतेदेखि भदौ २० गतेसम्म मोटर, टि.भी. लगायत ५५ वटा विद्युतीय उपकरण नियन्त्रणमा लिई कारवाही गरेको छ ।
हुकिंग गरिरहेकै अवस्थामा एक व्यक्तिलाई नियन्त्रणमा लिएर नगद पाँच हजार जरिवाना गरिएको प्रमुख साहले जनाए । सो अवधिमा केन्द्रले ६४ हजार ६ सय २१ रुपैयाँ राजश्व संकलन गरेको छ । यस अघि आर्थिक वर्ष २०७६/०७७ मा जरिवाना वापत ४० लाख भन्दा बढी राजश्व संकलन गरिएको प्रमुख साहले जनाए ।
सीमवर्ती क्षेत्रमा अवस्थित महोत्तरीका गाउँ टोलहरुमा हुकिङ गरी विद्युत चुहावट गर्नेको संख्या बढी रहेको वितरण केन्द्रले जनाए । मिटर बिगारेर बिद्युत चोरी गर्ने २५ जनालाई नियन्त्रणमा लिई पौने दुई लाख भन्दा बढि जरिवाना तिराईएको प्रमुख साहले बताए ।
उनी भन्छन्—‘ मिटरको स्वभाविक स्वरुपमा कुनै पनि प्रकारको परिवर्तन गरिएको छ भने त्यस्तो ग्राहकलाई अपराधी मानिएको छ ।
चालु आर्थिक वर्षमै १३ लाख भन्दा बढी राजश्व संकलन भइसकेको उनले थपे । त्यस्तै केन्द्रले बिद्युत महशुल बाँकी बक्यौता रहेको संस्था तथा घरको बिद्युत काट्ने अभियान समेत संचालन गरेको छ ।
६५ हजार ग्राहक रहेको यस केन्द्रबाट ३२ प्रतिशतको दरले बिद्युत चुहावट हुँदै आएको छ । केन्द्रले जे जसो दावी गरेपनि बिद्युत्त चोरी नियन्त्रणको अभियान अझै प्रभावकारी देखिएको छैन ।
चेकजाँच कर्मचारीहरुले आफु खुशी कसैको लाईन काटिदिने कसैको बंसी नै फँसाईएको छ भने पनि कुनै टेरपुच्छर नै नलाउने जस्ता गुनासाहरु समेत सुनिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…