जनकपुरका यी डाक्टरहरु अब राजनीतिक पार्टीमा, कुन डाक्टर कुन पार्टीका ? हेर्नुहोस्
डाक्टरहरुलाई शुभकामना ज्ञापन गर्दै बौद्धिक व्यक्तित्वहरुले राजनीतिको डाइग्नोसिस गर्ने विश्वास व्यक्त गरे ।

२०७८ भदौ २२ मंगलबार, बेलुकी ६:३२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा कार्यरत डाक्टरहरु समेत राजनीतिक पार्टीसँग सीधा आवद्ध भएका छन् ।
मंगलबार जनकपुरमा आयोजित एक समारोहमा जनकपुरका केही डाक्टरहरु उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा सामूहिक रुपमा प्रवेश भएका हुन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अबीर फूलमालाले स्वागत गर्दै डाक्टरहरुलाई पार्टीमा प्रवेश गराएका छन् ।
उपेन्द्र यादवको पार्टीमा मँगलबार बालरोग विशेषज्ञ डा. कर्मेन्द्र यादव, डा. दिपु यादव, डा. सिदेश यादव, रेडियोलोजिष्ट डा. अरुण कुमार गोइत (यादव), अर्थोपेडिक डा. रितेश कुमार यादव, डेनटिष्ट डा. निमु यादव, डेनटिष्ट डा. ललिता यादव, डेनटिष्ट डा. बिनिता अधिकारी (यादव) लगायतले प्रवेश गरेका हुन् ।
सो अवसरमा जसपा अध्यक्ष यादवले राजनीतिकमा बौद्धिक व्यक्तिको आगमनले विधिको शासन कायम हुने तर्क गरेका छन् । अध्यक्ष यादवले भने, ‘बौद्धिक वर्ग सक्रिय हुँदा राजनीतिमा शासन हुन्छ, तर मुर्खहरुको जमातले राजनीतिमा कुशासनले प्रसय पाऊँछ ।’
पेशासँगै राजनीतिलाई अगाडि बढाउन अध्यक्ष यादवले नवप्रवेशी डाक्टरहरुलाई शुभकामना ज्ञापन गर्दै बौद्धिक व्यक्तित्वहरुले राजनीतिको डाइग्नोसिस गर्ने विश्वास व्यक्त गरे ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…