विदेह नगरपालिकाको पूर्व राजपाबाट निर्वाचित प्रतिनीधिहरु रोजे 'लोसपा'
उनीहरुले आफूखुसी लोसपा रोजेका हुन् । त्यसको लागि निर्वाचन कार्यालय धनुषामा आएर जनप्रतिनीधिहरुले लोसपा रोजेको लोसपाका नेता सँजय कुमार साहले जानकारी दिए । अन्य विभिन्न स्थानीय तहमा पूर्व राजपा तथा जसपाका पनि जनप्रतिनीधिहरुले लोसपामा सनाखत गरेका छन् ।

२०७८ भदौ १८ शुक्रबार, बिहान ९:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पार्टी अलग अलग भएपछि अहिले सनाखत गर्ने कार्य धमाधम भइरहेको छ । निर्वाचित जनप्रतिनीधिहरुले आफ्नो पार्टी रोज्ने अवसर पाएका छन् ।
सोही क्रममा धनुषाको विदेह नगरपालिकाका जनप्रतिनीधिहरु लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । महन्थ ठाकुर नेतृत्वको लोसपामा जनप्रतिनीधिहरुले सनाखत गरेका छन् ।
विहिबार विदेह नगरपालिकाको विभिन्न वडाबाट पूर्व राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित भएका जनप्रतिनीधिहरुले अहिले लोकतान्त्रिक समाजवादी पार्टीलाई समर्थन गरी सनाखत गरेका हुन् ।
उनीहरुले आफूखुसी लोसपा रोजेका हुन् । त्यसको लागि निर्वाचन कार्यालय धनुषामा आएर जनप्रतिनीधिहरुले लोसपा रोजेको लोसपाका नेता सँजय कुमार साहले जानकारी दिए । अन्य विभिन्न स्थानीय तहमा पूर्व राजपा तथा जसपाका पनि जनप्रतिनीधिहरुले लोसपामा सनाखत गरेका छन् ।
दल सम्बन्धी अध्यादेश आएपछि नयाँ दलहरु दर्ता भएको हो । महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको हो । यसअघि जनता समाजवादी पार्टीमा थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…