५ दिनपछि जसपा सरकारमा जान्छः यादव
जसपा अध्यक्ष यादवले प्रदेश २ मा भएको मन्त्रीको जिम्मेवारी हेरफेर सम्वन्धि कुनै पनि विवाद नरहेको र मुख्यमन्त्रीले आवश्यकता अनुसार परिवर्तन गरेको बताए ।

२०७८ भदौ १८ शुक्रबार, बिहान ७:५८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी ५ दिनपछि सरकारमा जाने बताएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर जनकपुरमा प्रदेश सांसद फकाउन थालेपछि जसपा अध्यक्ष यादव जनकपुर आएर साम, दाम, दण्ड, भेद सुरु गरेका हुन् ।
जनकपुर विमान स्थलमा अध्यक्ष यादवलाई स्वागत गर्न प्रदेशका मन्त्री, स्थानिय तहका जनप्रतिनिधि, नेता र कार्यकर्ता गएका थिए । विभिन्न जिल्लाबाट मगाइएका सर्वसाधारण तथा कार्यकर्ताहरुले विमानस्थल पुगेर स्वागत गरेका थिए ।
कार्यकर्ता भेटघाटका लागि जनकपुर आइपुगेका यादवले २२ गते पछि पार्टी सरकारमा सहभागि हुने बताए । कठिन परिस्थितिमा सरकार गठन भएको हो, यादवले भने,‘कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँछ । अहिले गठबन्धन दलबीच भएको सहमति अनुसार नै सरकार सञ्चालन भएको छ ।’
अध्यक्ष यादवले महन्थ ठाकुर प्रयोग भइरहेको बताए । विमानस्थलमा संचारकर्मीहरुसित संक्षिप्त कुराकानी गर्दै जसपाका प्रदेश सांसदहरु सचेत रहेको र अन्य कसैले पनि तान्न नसक्ने यादवले दाबी गरे ।
पार्टीका नेता र कार्यकर्ताहरु लामो संघर्षबाट आएका कारण आफै अडिग छन्, उनले भने–‘उनीहरु टसमस हुदैनन् ।’ अध्यक्ष यादवले महन्थ ठाकुरलाई बेचाराको संज्ञा दिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…