बिग बोस बिजेता सिद्धार्थ शुक्लाको मृत्यू 

२०७८ भदौ १७ बिहीबार
दिउसो १२:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, एजेन्सी । बलिउड कलाकार सिद्धार्थ शुक्लाको मृत्यू भएको छ । उनको हृदयघातका कारण मृत्यू भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका थिए ।

सिद्धार्थ हिन्दी टिभी सिरियल बालिका बधुबाट चर्चामा आएका थिए । बिग बोस सिजन १३ मा उनी विजयी भएका थिए । उनी बाबुलका अँगना छुटे ना लगायतका सिरियलमा काम गरेका थिए । उनको ४० बर्षको उमेरमा मृत्यू भएको हो । 

  • 1%
  • 1%
  • 3%
  • 2%
  • 92%
  • 0%

जनकपुर यातायात कार्यालयमा सर्भर बिग्रिदाँ सेवाग्राहीलाई सास्ती 

  • २०७८ भदौ १७ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरमा दिनभरी लाइन लागेपनि काम नहुदा सेवाग्राही समस्यामा परेका छन् । कार्यालयमा बुधबार बिहानै देखि घुइचो थियो । कार्यालय परिसरको भिडमा सवारी चालक अनुमति

पूरा पढ्नुहोस्

Bureau Menus