स्वतन्त्र उम्मेदवारको अग्रता
हुम्ला, २१ मंसिर : प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् । एक हजार ६१५ मत गणना गर्दा स्वतन्त्र छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहनुभएको छ । वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उहाँलाई पछ्यारहनुभएको छ । त्यस्तै नेपाल

२०७४ मंसिर २१ बिहीबार, राति ११:१० बजे१ मिनेट पढाइ

हुम्ला, २१ मंसिर : प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् ।
एक हजार ६१५ मत गणना गर्दा स्वतन्त्र छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहनुभएको छ । वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उहाँलाई पछ्यारहनुभएको छ । त्यस्तै नेपाली काँग्रेसका मंगलबहादुर शाहीले २५१ मत ल्याउनुभएको छ । हालसम्म १३८ मत बदर भएको पाइएको छ ।
त्यस्तै एक हजार २७३ मतगणना हुँदा प्रदेशसभा (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का दल रावलले ८६१ मत प्राप्त गरी अग्रता लिनुभएको छ भने काँग्रेसका थानबहादुर रोकायाले ३१३ मत प्राप्त गर्नुभएको छ । नयाँ शक्ति पार्टी नेपालका धर्मराज ऐडीले २० मत प्राप्त गर्नुभएको छ र ७७ मत बदर भएको छ । प्रदेशसभा (ख) को शुक्रबार मात्र मतगणना हुने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…