युवतिलाई गर्भबति बनाएर भागेका युवक अदालतमा हाजिर, बच्चा लिएर गुहार लगाउँदै कुमारी आमा
त्यसवेला देखि नै फरार अभियुक्त श्रेष्ठ आइतवार अदालतमा हाजिर भएका छन् ।

२०७८ भदौ १५ मंगलबार, राति १०:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ललाई फकाई एक युवतीलाई गर्भवती बनाएको मुद्दाका आरोपित धनुषा जिल्ला अदालतमा हाजिर भएका छन् ।
आरोपित अदालतमा हाजिर भएपछि पिडिताले न्याय मांग गरेकी छन् । अढाई वर्ष देखि बिना बिबाह बच्चा जन्माएकी महोतरीको जलेश्वर नगरपालिका वडा नम्बर ९ की युवतिले आरोपित एकाएक अदालतमा हाजिर भएपछि न्यायका लागि हार गुहार गरेकी छन् ।
युवतिलाई धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरका आरोपित शिवराज श्रेष्ठले २०७६ सालमा १६ वर्षकै उमेरमा ललाई फकाई बिबाह गर्छु भन्दै गर्भवती बनाएपछि घटना बाहिरीएको थियो ।
२०७७ पुषमा पेटमा बच्चा सहित जिल्ला प्रहरीमा उजुरी लिएर पुगेकी निहारीकाको २०७७ चैत २ गते अदालतमा मुद्दा दायर भएको थियो । त्यसवेला देखि नै फरार अभियुक्त श्रेष्ठ आइतवार अदालतमा हाजिर भएका छन् ।
युवतिले आफुहरु दुवैजनाको बुधवार अदालतमा पेशी रहेको भन्दै पहुँच र पावरवालाको दुनिया रहेकाले आफु अबिबाहिता एक बच्चाको आमालाई न्यायका लागि पहल गरिदिन हुन उनले सवै पक्षलाई आग्रह गरेकी छिन् ।
उनले २०७७ भदौ ५ गते बच्चा पाएपछि अबिबाहिता आमा भनेर चर्चा पाएकी थिइन र उनी मिडियामा आफु माथी भएको अन्यायको पक्षमा खुलेरै बोल्दै न्यायका लागि लडने बताएकी थिइन ।
एक वर्ष १५ दिनको छोरा सहित उनी अदालत र प्रहरी धाईरहेकी छन् । उनले श्रेष्ठसंग बिबाह पनि नगर्ने आफुलाई अंश र सम्पतीको कुलै लोभ नरहेको बताउदै श्रेष्ठ उपर कानुन अनुसारको कडा कारवाही हुनुपर्ने मांग गरेकि छन् । एसपीखवरमा पुरन गुप्ताले समाचार लेखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…