साढे १० लाख रुपैयाँ सहित दुई हुण्डी कारोबारी पक्राउ
हुण्डी रकम लिएर नेपालतर्फ आएका उनिहरुलाई जगरनाथपुर बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।

२०७८ भदौ १३ आइतबार, दिउँसो ४:३९ बजे१ मिनेट पढाइ

राजन कुमार बानिया, बीरगँज । नेपाल प्रहरी ले अवैध हुण्डी रकम समेत दुई जना लाई पक्राउ गरेको छ। पर्साको जगरनाथपुर बाट अबैध हुण्डी कारोबारी समेत दुईजनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जानकीटोला बाट खटिएको टोली ले भारतिय नमबर को वनटेस्ट मोटरसाइकल चेकजाँच गरने क्रमा मा अबैध हुण्डी को रकम नगद बरामद भएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत को ईनार्वा थाना क्षेत्र ईनार्वा गाउँ निवासी ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ गुलरिया घर भएका ५० वर्षीय रामपुकार पटेल रहेका छन।
हुण्डी रकम लिएर नेपालतर्फ आएका उनिहरुलाई जगरनाथपुर बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।
प्रहरीले उनिहरुको साथबाट भारतको बिहारस्थित ईनर्वा बजारबाट ल्याएको १० लाख ६३ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय भारतिय रुपैया बरामद गरेको छ ।
नम्बर प्लेट नभएको मोटरसाईकलमा आएका उनिहरुलाई ईलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
शनिवार साँझ पक्राउ गरिएका गिरी र पटेलमाथि वित्तीय कारोबार ऐन–२०७५ बिरुद्धको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…