जिम्मेवारी हेरफेर राजनीतिक सहमति, अन्यथा नलिऔँ : मन्त्री यादव
जिम्मेवारी हेरफेरपछि मन्त्री यादवका प्रशँसक सहित उनका पार्टीका समेत कार्यकर्ताहरुले समाजिक सँजालमा असन्तुष्टता जनाएका छन् ।

२०७८ भदौ १३ आइतबार, दिउँसो २:३६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेरपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री बिजय कुमार यादवले यसलाई साधारण रुपमा लिन आग्रह गरेका छन् ।
प्रदेश सरकार र राजनीतिक सन्तुलन बनाउनको लागि सहमतिमै जिम्मेवारी हेरफेर गरिएको मन्त्री यादवले बताए । न्यूज ब्यूरोसँग कुराकानी गर्दै मन्त्री यादवले समाजिक सँजाल सहित अन्य विभिन्न ठाउँमा जिम्मेवारी हेरफेरपछि टिकाटिप्पणी हुनु स्वभाविक रहेको बताए ।
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेपछि समाजिक सँजालमा टिकाटिप्पणी गरिएको छ । यसलाई अन्यथा नलिन मन्त्री यादवले आग्रह गरेका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र साहलाई दिएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय यादवलाई दिएको हो ।
जिम्मेवारी हेरफेरपछि मन्त्री यादवका प्रशँसक सहित उनका पार्टीका समेत कार्यकर्ताहरुले समाजिक सँजालमा असन्तुष्टता जनाएका छन् । फेसबुकहरुमा जिम्मेवारी हेरफेरपछि केही जनाले जिम्मेवारी हेरफेरले प्रदेश सरकार दुरुस्त नहुने भनेर प्रतिक्रिया जनाएका छन् । मन्त्री यादवले यसलाई सहज रुपमा लिन आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…