दुरसँचार प्राधिकरणबाट महोत्तरीका राय सम्मानित
महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सा पटौली बस्ने राजेश कुमार रायले गत २७ जुलाईमा एनसेलको एपमा भएको कमजोरीको बारेमा गुनासो गरेका थिए । एपमा देखिएको गोपनीयताको विषयको कमी कमजोरीको बारेमा पत्ता लगाएर उनले प्राधीकरणलाई जानकारी गराएको थियो ।

२०७८ भदौ ११ शुक्रबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल दुरसँचार प्राधिकरणले महोत्तरीका एक युवक सम्मानित भएका छन् ।
महोत्तरीका युवक राजेश कुमार रायले एनसेलको एपमा देखिएको समस्यालाई प्राधीकरणलाई समयमै जानकारी गराएको भन्दै उनलाई प्रशँसा पत्र प्रदान गरिएको छ ।
दुरसँचार प्राधीकरणले रायलाई एक पत्र लेख्दै चलानी नम्बर ७८६ को अनुसार एनसेल एपको एकाउण्ड फिचरसँग कमी कमजोरीको बारेमा प्राधीकरणलाई इमेल मार्फत गुनासो गरेको भन्दै प्रशँसा पत्र दिएको हो ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सा पटौली बस्ने राजेश कुमार रायले गत २७ जुलाईमा एनसेलको एपमा भएको कमजोरीको बारेमा गुनासो गरेका थिए । एपमा देखिएको गोपनीयताको विषयको कमी कमजोरीको बारेमा पत्ता लगाएर उनले प्राधीकरणलाई जानकारी गराएको थियो ।
सोही गुनासोको आधारमा प्राधीकरणलाई सहयोग गरी योग्दान पुरयाएको भन्दै रायलाई प्रशँसा पत्र प्रदान गरिएको नेपाल दुरसँचार प्राधीकरणका उपनिर्देशक रोजा किरण वासुकलाले जानकारी दिइन् ।
नेपाल टेलिकममा अरुको समेत ब्यालेन्स हेर्न मिल्ने गरी गोपनियतामा देखिएको समस्याको बारेमा गुनासो गरेर टेलिकमलाई सचेत गराएका थिए ।
आईटी क्षेत्रमा कार्यरत रायले अन्य विभिन्न निकायको कमी कमजोरीलाई प्राधीकरणसम्म पुरयाउने कार्य गर्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…