महन्थ ठाकुरको समूहले सरकारमा हिस्सेदारी पाउँदैन, सहमतिमा सँविधान सँशोधन गरिनेछः यादव
उनले भने, राजनीतिक दलहरुबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गरिनेछ ।

२०७८ भदौ ११ शुक्रबार, बिहान ७:१५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्को हप्ता सरकारमा सहभागी हुने बताएका छन् ।
सरकारमा सहभागि हुनेको सुची लामो भएपछि ब्यवस्थापनमा समस्या आएको बताइन्छ । विराटनगर स्थित मोरंग जिल्ला पार्टी कार्यालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने बताए ।
‘गठबन्धनमा रहेका दलहरुबीच सहमतिको अधारमा मन्त्रालय बाँडफाँट हुनेछ’ उनले भने, सरकारमा अब माधवकुमार नेपाल नेतृत्वको दलको पनि सहभागिता हुनेछ ।
सार्वभौम संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको उल्लेख गर्दै अध्यक्ष यादवले यस्तो कार्यले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने बताए ।
वर्तमान संविधानमा रहेका त्रुटिलाई सच्याउन जनमत तयार रहेको उल्लेखगर्दै उनले भने, राजनीतिक दलहरुबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गरिनेछ ।
सञ्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको दल वर्तमान गठबन्धनमा नरहेकाले सरकारमा सहभागी हुन नसक्ने दाबी गरे । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका महन्थ ठाकुर पक्ष संसदमा भने विपक्षी बेञ्चमा बस्ने गरेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…