कमिशन लिएर अस्पतालमा विरामी तानातान गर्ने १० दलाल पक्राउ
प्रायः ठूला अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुलाई उनीहरुले कमिसन खान बीचमै विभिन्न आश्वासन देखाएर अन्य अस्पताल, क्लिनिकहरुमा लैजाने औषधी पसलमा जबर्जस्ती औषधी किन्न बाध्य बनाउने गरेको प्रहरीको अनुसन्धानमा पाइएको छ ।

२०७८ भदौ १० बिहीबार, बिहान ८:४१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, विराटनगर । अस्पताल हिँडेको बिरामीलाई कमिनसनका लागि झूठो आश्वासन देखाएर अन्यत्र नै पुर्याउने बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र कोशी अस्पताल अगाडिबाट १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले नोबेल शिक्षण अस्पताल अगाडीबाट ७ जना र कोशी अस्पताल अगाडीबाट ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कृपा फार्मेसीका मोहमद समिर, सुजित यादव, युनि कियर फार्मेसीका रोशन गुप्ता, दाजुभाई फार्मेसीका अमित यादव, क्वाटलाइसेस फार्मेसीका मोहमद सिराद, एपी फार्मेसीका फिरोज रोय र अलि फार्मेसीका विश्वास मण्डल रहेका छन् । उनीहरुलाई नोबेल शिक्षण अस्पतालको अगाडिबाट पक्राउ गरिएको छ ।
कोशी अस्पताल अगाडीबाट श्रीराम चौधरी, सूर्यनारायण यादव र मो. जलीद रहेको प्रहरीले जनाएको छ । यस अघि पनि विराटनगरबाट २ जना विचौलियालाई पक्राउ गरिएको थियो ।
पक्राउ परेकाहरुले अस्पतालमा आएका बिरामी र उनीहरुका आफन्तहरुलाई अस्पतालमा राम्रो सेवा छैन, कोरोना फैलिएको छ भन्दै कमिसनका खाने लोभले अन्यन्त्र लैजाने गर्दै आएका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…