सशस्त्र प्रहरीले बोर्डरमा एक बालकलाई कुटेको भिडियो भाइरल
सोही ठाउँ भएर जाने केही महिलाहरुले जबानसँग बालकलाई छाडदिन आग्रह गरिरहेकी देखिएको छ ।

२०७८ भदौ १० बिहीबार, बिहान ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सशस्त्र प्रहरीले एक बालकलाई हातपात गरेको भिडियो अहिले समाजिक सँजालमा भाइरल बनेको छ ।
प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित सशस्त्र सीमा बलका एक जवानले एक ८ बर्षे बालकलाई हातपात गरेको भिडियोमा देख्न सकिन्छ । सो दृश्य महोत्तरीको मटिहानीस्थितको रहेको बताइएको छ ।
स्थानीय कृष साह नामक एक युवकले सो भिडियो खिचेर टिकटकमा हालेका छन् । टिकटकमा समेत भाइरल बनेको सो भिडियो अहिले फेसबुकको विभिन्न समूहरुमा फेसबुक प्रयोगकर्ताहरुले सेयर गरेको देखिएको छ ।
नेपाल–भारत सीमामा भारतबाट केही समान साईकलमा लिएर फर्कने क्रममा सशस्त्र प्रहरीका एक जबानले उनलाई रोकेर हातपात गरेको देखिन्छ । ४५ सेकेण्डको भिडियोमा बालकलाई टाउकोमा थप्पड हान्दै जवानले उनको साईकल नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
सोही ठाउँ भएर जाने केही महिलाहरुले जबानसँग बालकलाई छाडदिन आग्रह गरिरहेकी देखिएको छ । तर, पनि जबानले ती बालकको साईकल खोस्ने प्रयास गरिरहेको छ । बालक डरले रुँदै साईकललाई कडा रुपले समातेको देखिन्छ । तर, पनि जबानले आफ्नो हठ्ठमा लागेको देखिन्छ ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस् ।
बालकले साईकलमा बोरामा केही समान ल्याएको देखिन्छ । ती बोराभित्र के रहेको छ भनेर यकिन गर्न सकिएको छैनन् । बालक साईकल र समान छाडदिन गुहार लगाइरहेको देखिएको छ । तर, पनि सशस्त्र प्रहरीका जबानले उनलाई समातेपछि बालक रुँदै गरेको भिडियोमा देख्न सकिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…