पानीपुरीमा पिसाब मिलाएर बेचेको भिडियो भाइरल, पानीपुरीबाला पक्राउ
यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति लापरवाही भएको होला भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्छ ।

२०७८ भदौ ९ बुधबार, दिउँसो ३:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । सडक छेउमा पानीपुरी खाने युवायुवतीको भिड देखिन्छन् । कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् ।
खासगरी युवायुवती यसको पारखी हुन्छन् । साँझको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न सकिन्छ । यस्तो पानीपुरी कति स्वास्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन ।
तर तपाई हामीले स्वाद मानेर खाने पानीपुरीमा के सम्म मिसाइएको हुनसक्छ भन्ने अनुमान गर्नुभएको छ रु स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ । यो भिडियो नेपालको भने होइन ।
तर, यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति लापरवाही भएको होला भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्छ ।
भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पिसाब मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो । भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीको पानीमा मिसाइरहेको देखिन्छ ।
शहरमा पानीपुरी असल रुपले दिएपनि गाउँघरमा भारतबाटै बेच्न आउने पानीपुरीबालाहरुको पानीपुरी खानेयोग्य भने हुँदैनन् । उनीहरु पानीमा नुन र केही जलजिरा राखेर पानीपुरी बनाएर बेच्नुका साथै हातमा ग्लोब्स वा प्लास्टिक समेत प्रयोग नगरी असुरक्षित रुपमा पानीपुरी बेच्दै आएका छन् ।
गाउँस्तरमा खासगरी ५ देखि १५ बर्षमुनिका बालबालिकाहरु पानीपुरी मन पराउने गरेको देखिएको छ । उनीहरु पानीभन्दान पनि गोलो गोली पुरी मन पराएको देखिन्छन तर, स्वास्थ्यको भने कुनै खयाल गरिदिएको देखिदैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…