जनकपुरः आफ्नै बुवा र श्रीमतीलाई काटेर गाडे युवक, प्रहरी घटनास्थलमा (भिडियो)
रामवृक्षको बारेमा चन्द्रहँसले सोधेपछि भागेश्वरले बुवा र श्रीमतिलाई मारेर गाडेको बताएका थिए ।

२०७८ भदौ ८ मंगलबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको ललियामा दुई जनाको लास गाडिएको अवस्थामा फेला परेको छ ।
प्रदेश नम्बर २ को धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ५ ललियास्थित छोराले आफ्नै बुवा र श्रीमतीलाई काटेर जमिनमुनी गाडेको स्वीकार गरेका छन् ।
धनुषाको मिथिला बिहारी नगरपालिका ५, साविक मिथिलेश्वर निकास गाविस ८, ललिया स्थितको सो घटनापछि सिँगो गाउँमै खैलाबैला मच्चिएको छ । स्थानिय २८ बर्षिय भागेश्वर मण्डलले आफनै बुवा चेता भन्ने रामवृक्ष मण्डल र श्रीमतीलाई हत्या गरेर शव गाडेको स्वीकार आफैँले गरेका छन् ।
नजिकै रहेको शिवजीको मन्दिरको साँचो राख्ने उनको बुवा रामवृक्षसँग विहान साँचो (चाभी) ल्याउन गएका उनकै भाई पर्ने चन्द्रहँस मण्डलले उनको घरमा रगत देखेपछि छिमेकीहरुलाई समेत भनेपछि घटना बाहिर आएको हो ।
भिडियो हेर्नुहोस्
रामवृक्षको बारेमा चन्द्रहँसले सोधेपछि भागेश्वरले बुवा र श्रीमतिलाई मारेर गाडेको बताएका थिए । घरमा नभेटाएपछि उनको बुवा र श्रीमतीलाई खोजतलास गर्ने क्रममा घटना सार्वजनिक भएको स्थानियहरुले बताएका छन ।
भागेश्वरले नै दुवै जनालाई मारेर गाडेको स्वीकार आफैँ गरेका छन् । जब चन्द्रहँस साँचो (चाभी) ल्याउन आज (मँगलबार) बिहान उनको घरमा गए रामवृक्ष भेटाएनन् । तर उनको घरमा रगतको छिटाहरु देखेपछि भागेश्वरलाई बुवाको बारेमा सोधेका थिए । त्यसपछि भागेश्वरले भने,–“तपाईहरुलाई भन्नेबाला नै थिए, मैले दुवै जनालाई मारिदिए ।”
दुवैजनालाई मारेर उनको घरदेखि करिब ३५ मिटर पूर्वउत्तर रहेको पोखरीको छेउमा गाडेको बताइएको छ । सोही स्थानमा रहेको दुर्गा युवा क्लबको पछाडी गाडेको बताइएको छ । स्थानीयहरुका अनुसार, भागेश्वर लागुऔषधको कुलतमा फँसेका युवक हुन् ।
अहिले पुलिस घटना स्थल पुगेर अनुसन्थान थालेको छ । बिस्तृत जानकारी आउन बांकी छ । महोत्तरीको भमरपुरामा भएको हत्याको घटना नसेलाउदै धनुषामा समेत हत्याको घटना सार्वजनिक भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…