पत्रकार फँसाउन एसपीकै हात, आफ्नै घुमुवा प्रहरी फँसेपछि पत्रकारलाई निसाना
पत्रकार मोजिबुल्लाहको समर्थनमा पत्रकार सहनीले प्रहरीलाई फँसाउन चुनौति दिएको स्टेटस फेसबुकमा हालेका छन् ।

२०७८ भदौ ८ मंगलबार, बिहान ७:२३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लामा गएको साउन ३२ गते लागूऔषध ओसार पसार कारोवारमा संलग्न भएको आरोपमा पक्राउ परेका संचारकर्मी मोहमद मोजिबुल्लाहको घटनामा प्रहरी नै मुख्य योजनाकार भएको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले पत्रकार सम्मेलन गरि फसाउने कार्यको मुख्य नाइके नेपाल पत्रकार महासंघ रौतहट शाखाका सह सचिव संजय कुमार सहनी भएको तथ्य बाहिर ल्याएपछि आरोप लगाईएका सहनी अडियो रेकर्ड सार्वजनिक गरेपछि मुख्य दोषी प्रहरी उपरीक्षक शाह देखिएको छ ।
सिसि टिभी फुटेजबाट निर्दोष देखिएका संचारकर्मी मोजिबुल्लाहलाई रिहा गरेलगतै प्रहरी उपरीक्षक शाह र आरोपित बनाईएका पत्रकार सहनी विच भएको कुराकानीको अडियो रेकर्ड सामाजिक संजालमा सार्वजनिक भएपछि प्रहरी उपरीक्षक शाह नै घटनाको योजनाकार भएको पुष्टि भएको छ ।
दुवै जना विच भएको संवादमा प्रहरी उपरिक्षक शाहले तपाईको काम भयो, भनेका छन् भने पत्रकार सहनीले जानकारी कसरी भयो भने सोधेको सुनिन्छन् ।
कुराकानीको क्रममा प्रहरी उपरीक्षक शाह हाँसेको अडियोमा सुनिन्छ । नेपाल पत्रकार महासंघले घटनामा प्रहरीका उच्च अधिकारीहरुको संलग्नता भएको भन्दै उच्च स्तरीय छानविन समिति गठन गरि छानविन हुनु पर्ने माग गरेकोछ ।
गत वर्ष गरुडामा प्रहरी हिरासतमा अनुसन्धानको क्रममा दिइएको चरम यातनाको कारण विजय रामको भएको मृत्यु पछि विभागमा तानिएका तत्कालीन प्रहरी उपरीक्षक रविराज खड्काको ठाउँमा प्रहरी उपरीक्षक शाह रौतहट आएका थिए ।
प्रहरी उपरीक्षक शाहले सार्वजनिक भएको अडियोमा भएको आवाज आप्mनो रहेको स्वीकार गर्दै पत्रकार संजय सहनीले नै दिएको सुचनाको आधारमा पक्राउ गरेपछि भएको कुराकानी रहेको दावी गरेका छन् ।
कुनै अपराधिक कार्यको सफलता पछि काम भएको भनिएको प्रहरी उपरीक्षक शाहले दावी गरेका छन् । उनले आफु बाँच्नको लागि मेरो अडियो सार्वजनिक गर्दा पनि दोषी सहनी उम्कन नसकिने बताए ।
अडियो सार्वजनिक भएपछि प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी उपरीक्षक शाहसित भएको संवादलाई गलत तरिकाबाट प्रस्तुत गरिएको जनाएका छन् ।
यता, पत्रकार सहनीले आफूलाई फँसाउने षडयन्त्र भइरहेको प्रतिक्रिया दिएका छन् । “जुन अडिओ बाहिरियो त्यो घटना घटेको एक दिन पछिको हो । जुन घटनामा मेरा कर्मचारीलाई घुमुवाले ब्ल्याकमेलिङ्ग गर्दै प्रयोगमा ल्याएका थिए ।”– उनले भनेका छन् ।
घुमुवा कै कारण घटनामा समलग्न जितेश यादबले घटना बारे आंशिक बताएको र डराएको आरोप समेत पत्रकार सहनीले लगाएका छन् ।
उनले लेखेका छन्–“भोलिपल्ट एसपी साहले फोन गर्दा घटना घटेको थाह पाए । तेस्रो दिन सिसि टिभी फुटेज आउट भए पछि मलाई नै फँसाउने षडयन्त्र रचिन थाल्यो। कर्मचारी जितेश यादब र द नेपाल मिडियाका पत्रकार धिरज लाई समातेर थुनियो । जबरजस्ती मेरो नाम भन्न लगाइयो।मलाई दोसि देखाउने खेल गर्न थाले। अन्तिम सास रहुन्जेल लडाइ जारी राख्छु।”
जिल्ला प्रहरीकै घुमुवा (एसपीको घुमुवा) नै लागुऔषध काण्डमा फँसेपछि आफू बच्न पनि पत्रकार सहनीलाई निसाना बनाएको अनुमान गरिएको छ । सहनीले पत्रकार मोजिबुल्लाहसँग आफ्नो कुनै रिसबी नरहेको दाबी गर्दै पत्रकार फँसाउने काण्डमा आफू प्रहरी विरुद्ध लेखेपछि आफूलाई समेत निशाना बनाएको बताए ।
सहनीका अनुसार, पत्रकार मोजिबुल्लाहले समाचार लेखेपछि उनलाई फँसाउन यत्रो षडयन्त्र गरेको बेला आफूलाई फँसाउन पनि उनीहरुले नयाँ षडयन्त्र रचेको बताएका छन् । पत्रकार मोजिबुल्लाहको समर्थनमा पत्रकार सहनीले प्रहरीलाई फँसाउन चुनौति दिएको स्टेटस फेसबुकमा हालेका छन् । प्रहरीलाई निसाना गर्दै उनले स्टेटस हालेपछि उनलाई फँसाउने दाउ लगाएको हुन सक्ने अनुमान गरिएको छ ।
पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवालाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको हो ।
निलम्बन अघि घटनाको सूक्ष्म अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेश कार्यालयलाई निर्देशन दिएको थियो । त्यस लगत्तै प्रदेश प्रहरी कार्यालयले असई यादव र जिल्ला प्रहरी कार्यालय रौतहटले जवान यादवलाई निलम्बन गरेका हुन्
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…