SEE मा मार्क कमबेंशी गरेको भन्दै हेडमास्टरलाई बाटोमै घेरे विद्यार्थी (भिडियो)
तर, आक्रोसित विद्यार्थीहरुले उनलाई बाटोमै मोटरसाईकल लिएर घेरा हाल्दै प्रहरीसँग पनि भिडेका थिए । उनीहरुले आफूहरुसँग किन पन्छिन खोजेको भनेर प्रश्न गरेका थिए ।

२०७८ भदौ ५ शनिबार, बिहान ९:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एसईई परीक्षाको मूल्याँकनमा विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरुलाई आफुखूसी अँक (मार्क, नम्बर) दिएको भन्दै विद्यार्थीहरुले हेडमास्टरलाई घेरेका छन् ।
पूर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर ८ टेढामोडस्थित रहेको माध्यमिक विद्यालयका प्रधानाध्यापक खुब लाल साहले आन्तरिक मूल्याँकन गर्दा अँक दिन काँखापाखा गरेको भन्दै बाटोमै घेरिए ।
सो विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक साहमाथि अँक आफूखुसी दिएको आरोप लगाएका छन् । उनीहरुले रकमको प्रभावमा परेर, राजनीतिक दबाबमा परेर, जनप्रतिनीधिको दबाबमा परेर विद्यार्थीहरुको अँक कमबेँशी गरेको आरोप लगाएका छन् ।
बर्षैभरि विद्यालय नआउने विद्यार्थीहरुको अँक बढी दिएको तथा नियमित विद्यालय आउने विद्यार्थीहरुको अँक कम दिएको भन्दै उनीहरु प्रधानाध्यापकलाई घेराउ गरेका थिए । उनीहरुले त्यसअघि उनको डेरामा घेराउ गर्न गएका थिए ।
विगत कैँयौ दिनदेखि प्रधानाध्यापक साहसँग भेटनको लागि स्थानीय विद्यार्थीहरुले समय मागेको बताइन्छ । प्रअ साहले उनीहरुलाई समय नै नदिँदै प्रत्यके दिन पन्छाउँदै आएपछि बुधबार उनीहरुले उनको डेरा बाहिर विहानैदेखि बसेका थिए ।
सो अवधीमा घरबेटीलाई सोध्दा प्रधानाध्याक बाहिर गएको प्रतिक्रिया दिएको थियो भने दरबाजा (दुरा) मा प्रअको गाडी देखेपछि विद्यार्थीहरु झन आक्रोसित भएका थिए । उनीहरुले आज जसरी पनि प्रअसँग भेट गरेरै जाने ठाने ।
असन्तुष्ट विद्यार्थीहरुले नियमित विद्यालय जाने विद्यार्थीको ग्रेड २.३ र कहिले विद्यालय नै नजाने विद्यार्थीहरुको ग्रेड ३.५, ३.७ दिएको भन्दै उनीहरुले रकम प्रभावमा परी मार्क हेरफेर गरेको आरोप लगाएका छन् ।
सोही कारण आक्रोसित केही विद्यार्थीहरुले प्रअ साहलाई विगत कैँयो दिनदेखि खोज्दै आएका थिए । उनीहरुले प्रअ साह विद्यार्थीहरुसँग रुपैयाँ लिएर सोही अनुसार मार्क दिएको आरोप लगाएका छन् । यद्यपी, यसबारे प्रअ दाससँग उनको मोबाइल नम्बर ९८१२०७१८३६ मा फोन सम्पर्क गर्दा उनले फोन भने उठाएनन् ।
केही घण्टा नै घरबाट बाहिर ननस्किेका प्रधानाध्यापक साहलाई प्रहरीले स्कटिँग गरी आफ्नै बाइमा लिएर भागेका थिए । तर सोही ठाउँमा प्रतिक्षारत रहेका विद्यार्थीहरुले उनलाई पछयाउँदै बाटोमै घेरेको भिडियोमा प्रष्ट हेर्न सकिन्छ ।
प्रहरीचौकीबाट आएका दुई जना प्रहरीले प्रहरीकै मोटरसाईकलमा लिएर प्रअ साहलाई स्कटिँग गरेका थिए । तर, आक्रोसित विद्यार्थीहरुले उनलाई बाटोमै मोटरसाईकल लिएर घेरा हाल्दै प्रहरीसँग पनि भिडेका थिए । उनीहरुले आफूहरुसँग किन पन्छिन खोजेको भनेर प्रश्न गरेका थिए ।
सो क्रममा प्रहरीले विद्यार्थीहरुलाई हप्काएपनि उनीहरुले हेड सरसँग विद्यालयमै गएर कुरा गर्ने अडान राखेका थिए । त्यसपछि फिर्ता भएका प्रहरीले हेडमास्टरलाई सुरक्षा घेरामा राखेर विद्यार्थीहरुसँग भनाभन भएको विद्यार्थी श्रीकेश यादवले बताए ।
एसईईको परीक्षामा कोरोनाकाल देखाउँदै आन्तरिक मूल्याँकनबाटै रिजल्ट दिने निर्देशन बमोजिम देशैभरिका विद्यालयहरुले आन्तरिक मूल्याकन पठाउँदा धेरै ठाउँमा विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् । केही दिन अघि मात्र धनुषाको विदेह नगरपालिका वडा नम्बर १ स्थित माविका हेडमास्टरको घर घेराउ गरिएको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…