जनकपुरको मोडेल कलेजको अर्को भिडियो पनि भाइरल
कर्णका अनुसार, कसैले बदनाम गर्ने नियतले नै सो भिडियो अपलोड गरेको हुन सक्ने अनुमान गरे ।

२०७८ भदौ २ बुधबार, दिउँसो १२:५९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थि रहेको मोडेल मल्टिपल कलेजको परीक्षार्थीहरुले परीक्षा हलभित्र बनाएको अर्को टिकटक भिडियो पनि बाहिरिएको छ ।
टिकटक प्लेटफार्ममा जनकपुरको मोडेल मल्टिपल कलेजकी एक छात्राले केही दिनअघि परीक्षा हलमै बनाएको टिकटक भिडियो समाजिक सँजालमा भाइरल बनेको थियो । परीक्षा हलमा मोबाईल प्रवेश गर्न दिनु र त्यसमाथि चिट गरी भिडियो खिचेर समाजिक सँजालमा हालेपछि चौतर्फी आलोचना भएको हो ।
देशको उत्कृष्ट २० कलेजमध्ये जनकपुरको मोडेल कलेज पनि पर्दै आएको भन्दै कलेजको भित्री अवस्था नै यस्तो रहेको भनेर टिकाटिप्पणी गरिएको छ । मोडेल कलेजका विद्यार्थीहरुले नै भिडियो बनाएर टिकटकमा हालिदिएको हो ।
मोडेल कलेजको परीक्षा हलभित्रको वातावरणमोडेल कलेजको परीक्षा हलभित्रको वातावरण, परीक्षा हलभित्र टिकटकले व्यवस्थापनमाथि प्रश्न ।
Posted by NewsBureau Nepal on Wednesday, August 18, 2021
मोडेल कलेजका व्यवस्थापन प्रदीप लाल कर्णका अनुसार, परीक्षा हलमा विद्यार्थीहरुले टिकटक बनाएको र कसैले अपलोड गरिदिएको हो । अहिलेसम्म अपलोड गर्ने विद्यार्थी फेला नपरेको उनले जानकारी दिए ।
टिकटकमा राखिएको भिडियो प्रिन्ससँतोष४ को आईडीबाट अर्को भिडियो राखिएको हो । सो भिडियो पहिले प्रिन्सेसप्रिन्सेस९०९ को आईडीबाट भएको बुझिएको छ । यद्यपी, भिडियोमा देखिएको विद्यार्थी पनि सोही आइडीको हुन सक्ने बुझिएको छ ।
भिडियोमा परीक्षा चलिरहँदा विद्यार्थीले आफ्नो परीक्षाको कापी भिडियोमा देखाएकी हुन् । परीक्षा हलभित्र नेपाल परीक्षा बोर्डले मोबाईल प्रतिबन्ध गरिएपनि मोडेल कलेजले परीक्षा हलभित्र मोबाइल लग्न दिनु व्यवस्थापकप्रति प्रश्नचिन्ह खडा भएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…