दुबईको प्रवेश खुल्यो, भ्याक्सीन नलगाएपनि जान पाउने
आवासीय भिसा भएका नेपालीहरुले कोभिड १९ को खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि दुबई प्रवेश गर्न सक्नेछ

२०७८ भदौ १ मंगलबार, बेलुकी ६:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, दुबई । वैदेशिक रोजागरीको लागि गएर नेपाल फर्केका तथा नयाँ वैदेशिक रोजगारीको लागि दुबई प्रवेश निषेध गरिएकोमा अब खुल्ला गरिएको छ ।
दुबई अबुधावी स्थित रहेको नेपाली राजदुतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ को कारण युएई प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध खुल्ला गरिएको जनाएको छ । सोही प्रतिबन्धका कारण हजारौँ नेपालीहरु युएई प्रवेश गर्न सकेको थिएनन् ।
दुतावासले मँगलबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रतिबन्धको कारण समयमै दुबई जान नसकेका नेपालीहरुले केही शर्तहरु पालना गरेर अब प्रवेश गर्न पाउने भएको छ । जसको लागि अनलाईन एउटा फाराम भरेर जान सकिने भएको छ ।
दुबईको आवासीय भिषा हुनेहरुले जनरल डायरेक्टरर्स अफ रेसीडेन्सी एण्ड फार्नरस अफेयरर्स–दुबइ को वेभसाईट Amer - General Directorate of Residency and Foreigners Affairs - Dubai (gdrfad.gov.ae) मा गई आफ्नो भिषाको अवस्था हेर्नुपर्ने बताइएको छ । त्यसमा दुबइ प्रवेशका लागि भिसा अवधी कायमै रहेकाहरुले सो निकायबाट आवश्यक सहमति लिनुपर्ने शर्त राखिएको छ ।
यस्तै, १८० दिन अर्थात ६ महिना भन्दा बढी युएई बाहिर रहेका वा दुबइको आवासीय भिसा अवधी सकिसकेका

नेपालीहरुले सोही वेभसाईटमा गएर तोकिएको कागजातहरु अपलोड गरी युएई प्रवेशको सहमतिको लागि अनुरोध गर्नुपर्ने बताइएको छ । सो सहमति प्राप्त गरेपछि युएई प्रवेश गर्न पाउने भनिएको छ ।
दुबइको आवासीय भिसा भएका नेपालीहरुले कोभिड १९ को खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि दुबई प्रवेश गर्न सक्नेछ , तर, खोप प्रमाणपत्र (भ्याक्सीन लगाएको) नचाहिने भएपनि ४८ घण्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट र ४ घण्टाभित्रको रेपिड पिसिआर टेष्ट भने चाहिनेछ । तर, खोप प्रमाणपत्रबिना दुबइ बाहेक युएईका अन्य इमिरेट्सहरुमा भने प्रवेश गर्न पाउने छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…