चुरे अभियानीको अनशनमा दिलीप महतो लाई बायकट गर्नु शँकास्पदः अभियन्ता यादव
मेरो विरोध कुनै अभियानीको विरुद्ध पनि हैन। न त यो कसैको लहैलहैमा गरेको विरोध हो।

२०७८ साउन ३२ सोमबार, दिउँसो २:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । युवा अभियन्ता राहुल राज (यादव) ले चुरे तथा वन जँगल सँरक्षण अभियानको अनसनप्रति प्रश्न उठाएका छन् ।
चुरे तथा वन जंगल संरक्षण अभियानका दुई अभियन्ता विभिन्न पाँचसूत्रीय माग राख्दै आमरण अनशनमा बसेको तथा त्यसमा दिलीप महतोको मुद्दालाई बायकट गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
सिराहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न पाँचबुँदे माग राख्दै चुरे अभियन्ता अमन यादव र रानी राय जनकपुरधामस्थित स्थानीय जनकचोकमा बिहीबारदेखि आमरण अनशनमा बसेका हुन्।
अनशनमा बसेको आज पाँचौं दिन बितिसक्दा पनि पर्यावरण अभियानीको सँज्ञा दिएको दिलीप महतोको मुद्दालाई नसमेटेको भन्दै अभियन्ता यादवले असन्तुष्टि जनाउँदै प्रश्न तेर्साएका छन् ।
“निकायको ध्यानाकर्षण भएको छैन। यता अनशनकारी रानी रायको स्वास्थ्य अवस्था पनि बिग्रीदै गएको छ।”– उनले भने ।
विभिन्न संघ संगठनहरुद्वारा अनशनमा समर्थन जनाउँने क्रम जारी नै रहेको बेलामा 'चुरे तथा वन जंगल संरक्षण समितिले जनकपुरधाम जनक चौक स्थित गर्दै गरेको आमरण अनशनमा दिलिप महतोको मुद्दालाई किन समेट्न सकेन ?' भनेर प्रश्न गरेका छन् ।
दिलिप महतोको हत्या भएको दिन देखि अहिलेसम्म दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर्न विभिन्न कार्यक्रमहरु गरि सरकार माथी दबाब सिर्जना गर्दै आइरहेका राहुल राजले यस अभियानप्रति प्रश्न उठाएका छन् ।
चुरे तथा वन जंगल संरक्षण समितिले सुरु देखि नै दिलिप महतोको मुद्दाको लागी आवाज उठाउदै आएको थियो । अहिले चुरे संबंधितकै समस्या लिएर उक्त समिति जनकपुरधाम जनक चौक स्थित आन्दोलन गर्दै आएका छन भने दुई जना अभियानी आमरण अनशनमा समेत बसेका छन। तर यसपटक समितिले चुरे सँग नै संबंधित दिलिप महतोको मुद्दालाई समेट्न सकेन।
“म एक पात्र यसको निरन्तर विरोध गर्दै आएको छु। मेरो विरोध हुँदै गरेको आन्दोलन सँग पक्कै पनि हैन। मेरो विरोध कुनै अभियानीको विरुद्ध पनि हैन। न त यो कसैको लहैलहैमा गरेको विरोध हो।”– राहुलले लेखेका छन् ।
उनले केवल मात्रै दिलीप महतोको लागि आवाज उठाउँदै आएको भन्दै अहिले लगभग दिलिप घटना सँग तालमेल राख्ने आन्दोलन चलाउदै गरेको बेला दिलिप घटना समेट्न नसक्नुप्रति खेद प्रकट गरे ।
उनले “अनशन समुहकै एक अभियानीले दिलिप महतोको मुद्दा यस अनशनमा समेट्न नसक्ने भनेर भन्दै छ भने अर्कोतिर एक अभियानीले दिलिप महतोको मुद्दा हाम्रो भुलले ब्यानरमा आएको छैन, हामी राख्छौँ भनेर जानकारी गराउदै छ। त्यसैले पहिला अभियानीहरुलाई क्लियर हुन भन्नुहोस्।” भनेका छन् ।
आफूहरु समेत अभियानीहरुको साथमा रहेको भन्दै यी मुद्दाको समायोजन गर्नुपर्ने स्पष्ट पारेका छन् । “आफूहरु दुईधारमा बसेर युवाहरूलाई समेत दुईधारमा बाँड्ने प्रयास नगर्नुस”– उनले भनेका छन् ।
निरन्तर दिलिपको लागि सँगै आवाज उठाउने अभियानीहरु आज दिलिप महतोलाई अचानक बिर्सेर अगाडि बढदा आश्चर्य हुनु स्वाभाविक रहेको बताउँदै त्यो स्वाभाविक आश्चर्यले उब्जाएको प्रश्न हो “चुरे तथा वन जंगल संरक्षण समितिले जनकपुरधाम जनक चौक स्थित गर्दै गरेको आमरण अनशनमा दिलिप महतोको मुद्दालाई किन समेट्न सकेन ?
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…