Indian Idiol Seasson 12

पवनदीप बने १२ औँ सिजनको इण्डियन आइडल, २५ लाख रुपैयाँ सहित जिते लक्जरी कार 

यही सबैको सामना गरेर आफ्नो प्रस्तुतिलाई समेत बलियो बनाउँदै यी ६ जना सहभागीहरुले आफनो स्थान ग्राण्ड फिनालेसम्म तय गर्न सफल भएको थियो । 

२०७८ श्रावण ३२ सोमबार
बिहान ०८:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, भारत । छिमेकी मुलुका भारतको सबभन्दा पोपुलर सिँगिन्ग रियलिटी शो ईण्डियन आइडियल १२ औँ सिजनको विजेता पवनदीप राजनले जितेका छन् । 

आईतबार सम्पन्न ग्राण्ड फिनालेको क्रमममा उत्तराखण्डका पनवदीप राजनलाई १२ औं सिजनको ईण्डियन आईडियल घोषणा गरेको हो । उनलाई २५ लाख रुपैयाँ सहित एक लक्जरी कार समेत प्रदान गरिएको छ । उनले जितेका छन् । 

सोही क्रममा दोस्रो स्थानमा ट्राफीको बलियो सहभागीमध्ये अरुणिता काँजीलाल थिइन भने तेस्रो स्थान हाँसिल सायली काँवलेले गरिन् । चौथो स्थनमा मोहम्मद दानिस रहे भने पाँचौ स्थानमा निहाल रहँदै सबभन्दा कम भोटको कारण शनमुखिप्रिया सबभन्दा तल झरेकी थिइन् । उनी छैठौ स्थानमा आएकी थिइन् । 

१२ औँ सिजनको लागि सहभागीहरुलाई यसपाली निकै मिहिनेत गर्नुपरेको थियो । यही सबैको सामना गरेर आफ्नो प्रस्तुतिलाई समेत बलियो बनाउँदै यी ६ जना सहभागीहरुले आफनो स्थान ग्राण्ड फिनालेसम्म तय गर्न सफल भएको थियो । 

यो पहिलो अवसर थियो जहाँ यही सिजनमा इण्डियन आइडियलको फिनालेमा ५ को सट्टा ६ जनाले आफ्नो स्थान बनाएको थियो । पवनदीप राजन, मोहम्मद दानिस, शनमुखिप्रिया, अरुणिता काँजीलाल, निहाल र सायली काँवलले फाइनलसम्म यात्रा तय गरे । 

पवनदीप राजनबाहेक अन्य सहभागीहरुले जित्न नसकेपनि उनीहरुलाई सुनौलो अवसर प्राप्त भएको छ । रियलिटिज शो मा कैयौँ सहभागीहरु सहभागीता जनाउँछन् । तर जित्ने मौका मात्र एक जनालाई प्राप्त हुन्छ  । तर, कैयौँ सहभागीले प्रतियोगिता नजितेपनि दर्शकको मन जित्न भने सफल हुन्छ र यही उनको लागी सुनौलो अवसर पनि हुन्छ । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७८ श्रावण ३२ सोमबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus