अभिनेता सदाम हुसेनको एक्सन फिल्म स्पेशल कमाण्डो–अन मिसन को ट्रेलर रिलिज
फिल्ममा जनताहरुलाई देश भक्ति, एक्शन, कमेडी रहेको जनाइएको छ ।

२०७८ साउन ३० शनिबार, बेलुकी ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अभिनेता सदाम हुसेनको भोजपुरी एक्सन फिल्म “स्पेशल कमाण्डो–अन मिशन” को ट्रेलर सार्वजनिक गरिएको छ।
प्रिया भिडियो भोजपुरी अनलाइन युटयुव चाइनल मार्फत माँ कामाख्याको ब्यानरमा र भुपेंद्र बिजय सिंहद्वारा प्रस्तुत भोजपुरी एक्सन फिल्मको ट्रेलर शनिवार सार्वजनिक गरिएको हो ।
आफनो देशलाइ कसरी सुरक्षित राख्ने, देशको जनतालाई कसरी सुरक्षा गने भन्ने अधार मानेर यो भोजपुरी फिल्म निर्माण गरिएको मुख्य अभिनेता सदाम हुसेनले जानकारी दिए ।
फिल्ममा एक दर्जन भन्दा वढी कलाकारहरु नेपालका रहेका छन । फिल्मको निर्माता गणेश प्रसाद रहेका छन । भोजपुरी फिल्म कै प्रसिद्ध निर्देशक अमित कुमार श्राफको कथा तथा निर्देशन रहेको छ ।

फिल्मको छायांकन नेपाल भैरहवा, बुटवल, चितवन र चन्द्रपुरमा रहेको सुन्दर ठाउंहरुमा सम्पन्न गरिएको छ । सो फिल्ममा अभिनेता सदाम हुसेनको उत्कृष्ट अभिनय रहेको छ ।
फिल्ममा जनताहरुलाई देश भक्ति, एक्शन, कमेडी रहेको जनाइएको छ ।
फिल्मा चर्चित कलाकारहरु समाम हुसेन, निशांत पाण्डे, अयाज खान, आदर्श कुमार, मनिषा यादव, माही खान, राज कपूर शाही, शिवकुमार साह, शानु यदुवंशी, अली शाह, जाकिर हुसेन, लगाएतले अभिनय गरेका छन,।
गित विनय विहारी, अजित मंडल, सुमित चौधरी, संगीत ओम झा, क्यामेरा दिवय राज सुवेदी, एक्सन प्रदिप खडका, नृत्य रिकि ज्याक्सन साथै मेकअप प्रकाश सोनीले गरेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…