जनकपुरः भजनकिर्तन गरिरहेका दुई मण्डलीलाई माइकमा करेन्ट लागेर मृत्यू
मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको

२०७८ साउन २७ बुधबार, बिहान ८:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित करेन्ट लागेर दुई जनाको मृत्यू भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ पर्सा पकडिया गाउँस्थित भजन किर्तन गर्ने क्रममा लाउण्डस्पीकरको माईकमा करेन्ट लागेर दुई मण्डलीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मँगलबार साँझ पकडिया बस्ने बुलन यादवको घरमा भएको भजनकिर्तनमा सहभागी भएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ४५ वर्षीय बिन्दा दास र सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिराम यादवको करेन्ट लागेर मृत्यू भएको प्रहरीले जनाएको छ ।
माइकमा करेन्ट प्रवाह भएपछि उनी दुबै जनाको मंगलबार सांझ घटनाथलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दुबै जना भजन मण्डलीको रुपमा त्यहां पुगेको थियो ।
भजनकिर्तन भइरहँदा लाउडस्पीकर (एण्ड को) मा जोडिएको विद्युतिय माईकमा करेन्ट प्रवाह भएर दुवै जनाको मृत्यू भएको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…