करिब १० लाख जाली नोट सहित जनकपुरको ३ जना पक्राउ
पक्राउ परेको ३ नै जना सङग थप अनुसन्धान कार्य भईरहेको र कानुन अनुसार कारबाही हुने साहले बताए ।

२०७८ साउन २६ मंगलबार, बिहान ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहटमा जाली (नक्कली नोट) रुपैया सहित सोमबार ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला धनुषा बट्टेश्वर गाउँपालिका वडा नं. ४ वस्ने शियालाल वरई ठाकुरको छोरा अन्दाजी वर्ष ३८ को शत्रुधन वरई ठाकुर ,जिल्ला महोत्तरी बर्दीबास नगरपालिका वडा नम्बर ९ बन्द्रा पशुपतिनगर वस्ने श्रीराम विलोचन महतोको छोरा अन्दाजी वर्ष ३० को रन्जित महतो , महोत्तरी कै भङ्गहा नगरपालिका वडा नं. ४ प्रेमनगर वस्ने सुफल महतोको छोरा वर्ष २५ को दिपेन्द्र कुमार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रेस नोटिसमा उल्लेख छ।
प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी गस्ती टोलीले तीनै जनालाइ ईशनाथ नगरपालिका वडा नं. ४ कालिमन्दिर नजिकैबाट पक्राउ गरेको प्रहरी उपरिक्षक सिदि बिक्रम साहले बताए । इशनाथ नपा भारतको सिमाना छोएको नगरपालिका हो ।
खुल्ला सिमा नाका भएकाले नेपाल- भारत पैदल तथा सवारी साधनबाट आवत जावत गर्ने मानिसहरुलाई रोकी चेकजाँच गर्ने गरिन्छ । चेकजाँच कै क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा नेपाली रुपैयाँ १००० दरको जालि नोट ९,९३,००० (नौ लाख त्रियान्नब्बे हजार) नोट सहित प्रहरीले नियन्त्रणमा लिएको उपरिक्षक साहले बताए ।
पक्राउ परेको ३ नै जना सङग थप अनुसन्धान कार्य भईरहेको र कानुन अनुसार कारबाही हुने साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…