'उपेन्द्र यादव' २ नम्बरी अध्यक्ष हुन: नेता अरगरिया
सधैभरि दुई नम्वरी काम गरेको भन्दै अरगरियाले मधेशको मुद्दा कमजोरी हुनुमा उनकै दोष

२०७८ साउन २४ आइतबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २४ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका साँसद उमा शँकर अरगरियाले उपेन्द्र यादवलाई २ नम्बरी अध्यक्षको सँज्ञा दिएका छन् ।
जनकपुरधामस्थित कलवार कुटीमा शनिवार आयोजित महन्थ पक्षका अगुवा कार्यकर्ता भेलामा बोल्दै अरगरियाले जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई २ नम्बरी अध्यक्षको सँज्ञा दिए ।
सो कार्यक्रमको क्रममा महन्थ ठाकुर पक्षधर अन्य नेताहरुले समेत अध्यक्ष यादवमाथि आक्रोस पोखे, तर बोल्ने क्रममा आक्रोसित देखिएका अरगरियाले यादवलाई २ नम्बर अध्यक्ष भनेर सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्दै अरगरियाले “ओली संगको सरकारमा १८ महिनामा के के गरेको ? भनेर प्रश्न समेत गरे । अरगरियाले भने, ‘१८ महिना बस्ता अग्रगामी तर १८ दिन हामी बस्दा प्रतिगामी ?’
मधेशको सवालमा उपेन्द्रले सधैभरि दुई नम्वरी काम गरेको भन्दै अरगरियाले मधेशको मुद्दा कमजोरी हुनुमा उनकै दोष रहेको बताए ।
उनले उपेन्द्र यादवमाथि शब्द प्रहार गर्दै १८ महिना सरकारमा रहँदा मधेशको माग अनुसार मधेशलाई एक मधेश स्वायत प्रदेश बनायो ? भनेर प्रश्न तेर्साए । उनले समग्र मधेश एक प्रदेश बनाउने मधेशको मुद्दा रहेपनि सरकारमा रहुन्जेल बनाउन नसकेकोप्रति आक्रोस पनि पोखे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…