प्रदेश २ः वडाध्यक्षको भतिजोले उठाए २० लाखभन्दा बढी पेश्की
बर्षमा सारी प्रमाणित गर्नु पर्ने र यसरी सारिएको पेश्की यस नियमावली बमोजिम फर्छोट गर्नु पर्ने व्यावस्था छ।

२०७८ साउन २३ शनिबार, बेलुकी ५:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । प्रदेश नम्बर २ को सप्तरी जिल्लास्थित एक स्थानीय तहमा कार्यरत करारका कर्मचारीलाई २० लाखभन्दा बढी पेश्की लिएको खुलेको छ ।
सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाँउपालिकामा कार्यरत करार क्रमचारी शैलेन्द्र सिंहले गाउँपालिका बाट अधिक मोटबरा पेश्की रकम लिएको खुलासा भएको छ।
सोही गाँउपालिकाको वडा नम्मबर ७ को अध्यक्ष गुलाब सिंहको भतिजा एमआईएस फिल्ड मोभिलाइजर (पँजीकरण शाखा) शैलेन्द्र सिंहले करारमा कार्यरत रहेको क्रमचारीले मिलिभगतमा गाँउपालिकाबाट अधिक मोटबरा करबम पेस्कि लिएको छ।
गाँउपालिकाको माहा लेखापरीक्षण प्रतिवेदन आनुसार २०७६/२०७७ मा २० लाख भन्दा बढी पेस्कि रकम उठाएको लिखित प्रतिबेदनमा उल्लेख गरिएको छ।
त्यस्तै गरि पेश्कीः आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ८०मा सरकारी कामकाजको निमित एक आर्थिक बर्षमा गएको पेश्की रकम सोही आर्थिक बर्षमा फर्छोट हुन नसकेमा कार्यलय प्रमुखले त्यसरी फछर्यौट हुन बाकि रहेको पेश्की रकमको नाम नामेसी सहित के के बापत पेश्की गएको हो |
सो समेत खुलाई जिम्मेबारी अर्को आर्थिक बर्षमा सारी प्रमाणित गर्नु पर्ने र यसरी सारिएको पेश्की यस नियमावली बमोजिम फर्छोट गर्नु पर्ने व्यावस्था छ।
कार्यलयले यो बर्ष गएको पेश्की रू ६९,६०७,६६३। ०० हालसम्म फर्छौयट नगरेको हुँदा जिम्मेबारी सारी नियमअनुसार फछर्यौट गर्नुपर्ने रू अन्तर्गत फिल्ड मोभिलाइजर शैलेन्द्र सिंहले पेश्की बापत रू (२०,८६,७२५) बिस लाख असिछियासी हजार,सात सय पश्चीस रूपैया मिति २०७५/२०७६ मा पेश्की बापत रकम उठाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…