रेल कर्मचारीलाई छैनन कुनै काम, दिनभर गफ दिएर अफिसमा बस्छन्
रेल्वेको जनकपुरधामस्थित कार्यालय सम्हालेका केवल नेपालीसँगै कम्प्युटर अपरेटरहरु पनि देखियो

२०७८ साउन २२ शुक्रबार, बिहान ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २२ साउन । रेल सञ्चालन नभएपछि कर्मचारी फुर्सदिला बनेका छन् । रेल्वेका कर्मचारी एसीको चिसो हवा खादै गफिएर तलब थापेको पाइएको छ ।
नेपाल रेल्वे कम्पनीका जनकपुरधामस्थित कार्यालयका कर्मचारी कामै नगरी घर हाजिरी गरेर तलब थाप्दै गरेको भनेर आजको जनकपुरटुडेमा समाचार प्रकाशित छ ।
विवादित बनेका रेल्वेका महाप्रवन्धक गुरु प्रसाद भट्टराईकै लाइनमा कर्मचारीहरु व्यवहार गरेको देखिएको छ । जनकपुरधामस्थित रेल्वे कम्पनीको कार्यालयमा पुग्दा जनकपुरधामका जिम्मेवारी सम्हालेका केवल नेपाली भेटिए ।
तर, उनलाई कार्यालय बारे कुनै जानकारी नरहेको पाइयो । उनले आफुलाई कुनै पनि विषयमा केहि थाहा नरहेको बताए । जानकारी चाहियो भने काठमाण्डुस्थित कार्यालयमा सम्पर्क राख्न भन्दै उनी पन्छिए ।
रेल्वेका कर्मचारी शाखामा ताल्चा लगाए स्टेशनमा हवा खादै भेटिए । जनकपुरधामको रेल्वे स्टेशन भरीभराउ देखिए पनि दजर्नौ कोठा मध्ये कुन कोठामा रेल्वे कम्पनीका कर्मचारीहरु बसेका छन् झटै हेर्दा वुझन सकिदैन ।
रेल्वेको जनकपुरधामस्थित कार्यालय सम्हालेका केवल नेपालीसँगै कम्प्युटर अपरेटरहरु पनि देखियो । नेपाल रेल्वेलाई विरवलको खिचडी बनाएका तथा मदिरा खाएर धाक धम्की दिएको टेलिफोन सम्वादबाट भाइरल बनेका नेपाल रेल्वेका महाप्रवन्धक गुरुप्रसाद भट्टराई सरकार परिवर्तन संगै उनी निष्क्रिय बनेका छन् । सरकारले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
भट्टराईले आचरणविपरीत काम गरेको भन्दै मन्त्रिपरिषद्को बैठकले मंगलबार स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । भट्टराईलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ २९ मा रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।
पदीय मर्यादाविपरित सामाजिक सञ्जालमा जथाभावी लेख्दै आएका भट्टराईले नेतृत्व सम्हालेको लामो समय बितिसक्दा पनि अझै रेल सञ्चालनमा आउन सकेको छैन् । भट्टराई महाप्रबन्धक नियुक्त भएदेखि नै विवादित बन्दै आएका छन् । जनकपुरटुडेमा समाचार प्रकाशित छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…