२ लाख ८० हजार रुपैयाँ सहित जुवा खालबाट ९ जना जुवाडीहरु पक्राउ
वाल्ड किँग लेखिएको रातोनिलो रँगको सिल प्याक तास ८ थान बरामद गरी जुवा खेलमा संलग्न रहेको

२०७८ साउन १६ शनिबार, दिउँसो ४:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १६ साउन । रौतहट प्रहरीले २ लाख ८० हजार रुपैयाँ सहित ९ जना जुवाडीलाई पक्राउ गरेको छ ।
शनिबार बिहान ११ बजे जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रनिगाहपुरमा रहेको अशोका होटलमा जुवा खेली रहेको अवस्थामै पक्राउ गरिएको हो ।
उनीहरु होटलमा जुवा खेलिरहेको सूचनाको आधारमा तत्कालै प्रहरी टोली उक्त होटलमा खटी गई खोल्न लगाई हेर्दा कोठा नम्बर ३०१ बाट २ लाख ७९ जहार ६९० रुपैयाँ नगद र ४१२ थान तास पत्ति समेत बरामद गरेको हो ।
यसका साथै, वाल्ड किँग लेखिएको रातोनिलो रँगको सिल प्याक तास ८ थान बरामद गरी जुवा खेलमा संलग्न रहेको व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला रौतहट गरुडा नगरपालिका वडा नम्बर ४ गरुडा बजार बस्ने जितु राउतको छोरा बर्ष २५ को रामशरण चौरसिया, रामपुकार साहको छोरा बर्ष २४ को जय प्रकाश साह, राजेन्द्र चौधरीको छोरा बर्ष २६ को अशोक चौधरी, जगेन्द्र प्रसाद जयसवालको छोरा बर्ष ३६ को हरिष जयसवाल, बिकाउ साहको छोरा बर्ष २२ को मुकेश साह, सुकुल प्रसाद जयसवालको छोरा बर्ष २७ को रोहित जयसवाल, वडा नं. १ जयनगर टोल बस्ने रामएकवाल राय यादवको छोरा बर्ष ३० को जंग बहादुर यादव, गंगाराम रायको छोरा बर्ष २३ को उमेश राय र वडा नम्बर ७ बस्ने गणेश राउतको छोरा बर्ष ४२ को उपेन्द्र राउत रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…