नर्सको भरमा सुत्केरी छाडेपछि बच्चाको मृत्यू
सुत्केरी महिला तथा रेखदेख गर्न चिकित्सक तथा नर्सले १ पल्ट पनि हेरचाह गर्न नआएको

२०७८ साउन १६ शनिबार, दिउँसो १२:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश २ को रौतहट जिल्लास्थित रहेको जिल्ला अस्पताल गौरमा नर्सको भरमा सुत्केरीलाई छाडेपछि नवजात शिशुको ज्यान गएको आरोप लगाइएको छ ।
शुक्रबार भारत बिहार राज्यको सितामढी जिल्लाका अमुवा टोलका अवदेश साहको श्रीमती बर्ष २८ की दुर्गा देवी साहले सुत्केरी गराउन जिल्ला अस्पताल गौर पुगेको थियो।
दुर्गाले अहिले माईती घर गौर नगरपालिका वडा नंबर ७ सिसवा टोलमा बसेकी कारण सुत्केरीको समय पुगे पछि शुक्रबार बेलुकी करिब ५ बजेको समयमा उपचार गराउन जिल्ला अस्पताल गौर पुगेकी थिईन्। सुत्केरी महिला देवीले शुक्रबार नै छोरी पाएकी थिईन्।
जिल्ला अस्पताल गौरमा डाक्टरको डिउटी हुँदाहुँदै पनि नर्सको भरमा उपचार गराउने मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णा साहको चरम लपरवाहीका कारण सो सुत्केरी महिलाकी छोरीकी ज्यान गएको पिडित साहले बताए।
जिल्ला अस्पताल गौरमा चिकित्सकहरुले रात्री डिउटी र ओभर टाईमको भत्ता बापत रकम झ्वाम गरेता पनि अस्पतालमा सुबिधा भन्ने शून्य रहेको पिडित साहले बताए।
जिल्ला अस्पताल गौरमा संघीय सरकारका करोडौं करोड बजेट दिएपनि पनि जिल्ला अस्पताल गौरमा केही सुबिधा नरहेको पिडित साहले बताए।
जिल्ला अस्पताल गौरले स्वास्थ जस्तो संबेदनसिल ठाउँमा चरम लपरवाही गरेपनि संबंधित निकायले कुनै कार्वाही नथालेको स्थानीयहरुले जनाएको हो। जिल्ला अस्पताल गौरमा चरम लापरबाही बढेको कारण डिउटीमा बसेकी डाक्टर र नर्स बिरुद्ध कानुनी कार्वाही प्रकृया अगाडि नबढे सम्म बालिकाकी शव नबुझ्ने पिडित साहले बताए।
सुत्केरी महिला तथा रेखदेख गर्न चिकित्सक तथा नर्सले १ पल्ट पनि हेरचाह गर्न नआएको पिडित साहले बताए।
चिकित्सक र नर्सलाई बोलाउन जाँदा पनिकुनै बास्ता नगरेको कारण बालिकाकी मृत्यु भएको पिडित साहले बताए। जिल्ला अस्पताल बिरुद्ध छानबिन गर्न राष्ट्रिय सुचना आयोग र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा आवश्यक छानबिन गर्न मुद्दा दायर रहे पनि संबंधित निकायले कुनै चासो नदेखेको स्थानीयहरुले जनाएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…