करेन्ट लागेर मृत्यू प्रकरणमा नयाँ ट्वीस्ट, मोटो रकम लिएर जाहेरीमा नाम थपघटको आरोप
रकम लेनदेनको मामिला भएकोले सोही निहुँमा शिवशँकरका भाईलाई फँसाउन दौडधुप गरेको आरोप

२०७८ साउन १४ बिहीबार, राति ८:१९ बजे४ मिनेट पढाइ
न्यूज ब्यूरो, १४ साउन । धनुषामा करेन्ट लागेर मृत्यू भएको प्रकरणमा केही व्यक्तिहरुले मोटो रकम लिएर जाहेरीको नाम परिवर्तन सहित थपघटको प्रयास गरेको आरोप लगाइएको छ ।
गत असार ३० गते धनुषाधाम नगरपालिका वडा नम्बर ७ किसानपुरस्थित करेन्ट लागेर एक युवकको मृत्यू भएपछि केही स्थानीय नेता सहित एनजिओबालाहरु मोटो रकमको माग गरी नाम थपघट गरेको आरोप लगाइएको छ ।
इलाका प्रहरी कार्यालय धनुषाधामले मृतक परिवारको तर्फबाट दिइएको जाहेरी नलिएपछि हुलाक मार्फत जाहेरी पठाएको थियो भने यसबीचमा एक स्थानीय नेता र एक एनजिओकर्मीले रकम माग गरेको आरोप लगाएको छ ।
करेन्ट लागेर मृत्यू भएका २१ बर्षिय धनी यादवको काकाले इलाका प्रहरी कार्यालय धनुषाधाममा दिएको जाहेरीमा १५ जनाको नाम हालिएको थियो । सो जाहेरी हुलाक मार्फत आएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक सुरेश ठाकुरले बताए ।
१५ जनाको नाममा आएको जाहेरीमा अनुसन्धान बढाउँदै जाँदा केही व्यक्तिहरु हस्क्षेप गरी आर्थिक चलखेल गरेर ७ जनाको नाममा मात्र जाहेरी दिन आएपछि केही निर्दोष फँसाउन लागिएको र दोषी उम्काउन खोजेको प्रष्टाएको बताए ।
पीडित परिवारको तर्फबाट हुलाक मार्फत १५ जनाको नाममा जाहेरी परिसकेको अवस्थामा धनुषाधाम ७ बस्ने शरिन प्रताप मल्ल र एनजिओकर्मी सरोज रायले ७ जनाको नाम लिएर जाहेरी दिन आएको इन्सपेक्टर ठाकुरले बताए । उनले १५ जनाको नाममा जाहेरी हुलाक मार्फत पर्नु र त्यसपछि सोही जाहेरीमा भएको नामहरु हटाएर अन्य व्यक्तिहरुको नाम थप्नु, केही जनालाई हटाउनु नै शँकास्पद लागेपछि जाहेरी दर्ता तत्काल नगरेको स्वीकारे ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…