जनकपुरः अफिसमा पसेर वडासचिवलाई रामधुलाई
त्यसै कारणले हामी सबै वड़ा सचिवहरु आन्दोलनमा छौं। वड़ा कार्यालयहरु बन्द रहेका छन।’

२०७८ साउन १४ बिहीबार, बेलुकी ५:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १४ साउन । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामसँगै रहेको धनुषाको नगनगराईन नगरपालिकाका एक वडासचिवलाई वडाध्यक्षको अफिसमा पसेर रामधुलाई गरिएको छ ।
नगराईन नगरपालिका वडा नम्बर ५ का वडासचिव सुबोध झालाई स्थानीय केही व्यक्तिहरुले वडाध्यक्षको कार्यकक्षमा पसेर वडा सचिवलाई रामधुलाई गरेको हो । वडासचिव झाले भने उनीहरुले वडाध्यक्षको अफिसमा जबरदस्ती पसेर आफूलाई कुटपिट गरेको बताएका छन् ।
गत साउन ११ गते गते दिनको १ः४५ बजे वडा नम्बर ५ गंगुली टोल बस्ने निवासी राधेश्याम झा, भवन झा, आलोक कुमार झा लगायतका व्यक्तिहरू जाँडरक्सी सेवन गरी कुटपिट गरेको बताइएको छ ।
वडा अध्यक्ष उपस्थित रहेको कार्यकक्षमै पसेर वडा– सचिव झामाथि हातपात गरिएको बताइएको छ । आफूमाथि हातपात सहित कुटपिट भएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएका छन् ।
सचिव झामाथि हमला हुनु दुःखद र निंदनीय रहेको वडा सचिव धर्मेंद्र मिश्रले जनाएका छन, ‘ हामी हदैसम्मको कानुनी कारवाहीको प्रकिया अगाडि बढाइसकेका छौं। त्यसै कारणले हामी सबै वड़ा सचिवहरु आन्दोलनमा छौं। वड़ा कार्यालयहरु बन्द रहेका छन।’
यता, सो विषयलाई लिएर नगराइन नगरपालिकाका सबै सचिवहरू आंदोलनमा छन। सबै कामकाजहरू ठप्प छ।
वडाका सचिव राजेश कुमार साह, अमृत नारायण मिश्र, बालकृष्ण झा, धर्मेंद्र कुमार मिश्र, राम बाबु चौधरी, पंकज पंजियार, अट्टू राज गोपाल, बाबु साहेब यादव, बच्चे लाल मण्डल, जयंती झा हस्ताक्षरित निवेदन जिल्ला प्रशासन कार्यालय धनुषामा पेश गरिएको छ ।
From Nepaleaks
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…